मजदुरको मुसिकोट नगरपालिकाले उद्धार गरि पठायो

0
384

सागर भण्डारी

वैशाख ७ ,२०७७ गुल्मी  : दाङ जान हिँडेका ७ जना मजदुरहरुलाई गुल्मीको मुसिकोट नगरपालिकाले उद्धार गरेको छ । बागलुङको जैमिनी नगरपालिकामा निर्माणाधिन एक खानेपानी आयोजनामा काम गर्ने श्रमीकहरू वामीटक्सार आएका थिए ।
उनीहरुलाई नगरपालिकाले खाना खुवाएर मदाने गाउँपालिकासम्म छाड्ने गरी गाडीको व्यवस्था गरी पठाईएको मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ । मदाने गाउँपालिकासगं समन्वय गरी त्यहाँ देखि उताको यात्रामा उक्त पालिकाले पठाउने गरी मुसिकोटबाट गाडिमा पठाईएको उहाँले बताउनुभयो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सक्रंमण नेपालमा बढ्न नदिन नेपाल सरकारले जारी गरेको लकडाउनका कारण आयोजनाको काम ठप्प भएपछि खान बस्न समेत अफ्ठ्यारो स्थिति आएपछि उनीहरु हिँडेको बताउँछन् । ठेकेदारले पनि काम ठप्प भएपछि वास्ता नगरेको र आफुहरुलाई त्यहाँ बस्दा दैनिक चुलो बाल्न समेत गाह्रो स्थिति आएपछि हिँडेरै कसो नपुगीएला भनेर आफुहरुले यात्रा सुरु गरेको दलबहादुर घर्तीले बताए ।
राङ्खानीबाट करिब दस घण्टा पैदल हिँडेर गल्कोट आईपुगेका उनीहरुलाई गल्कोट नगरपालिका वडा नं २ का वडाअध्यक्ष हेमन्त भन्डारीले गाडि खोजेर मुसिकोटसम्म पुर्याएको बताईएको छ । उनीहरुको उद्धारमा मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा, नेपाली काँग्रेस जिल्ला सचिब विष्णु कुमारी सापकोटा, स्थानीय चुरामणी सापकोटा र मुसिकोट नगरपालिकाका कर्मचारीहरू,नेपाल प्रहरी लगायतको सक्रिय सहभागीता रहेको थियो

SHARE