धर्म कमाउन माहायज्ञ लगाउनु पर्दैन ,सेवा गरे पुग्छ : भलामी

0
784

बैशाख ७,२०७७ गुल्मी  :  रेसुंगा नगरपालिकाको वडा नं ८ ले जिल्लामा पहिलो पटक डिसइन्फेक्सन केमिकल बजारका बिभिन्न स्थानमा छर्केर नमुना योग्य काम गरेको छ ।
बिश्वमै कोरोनको संक्रमण छाइरहेका बेला वडा नं ८ का वडा अध्यक्ष भरत भलामीले नगरपालिका र वडा भित्रका नागरिकहरुलाई कुनै समस्या नहोस भनेर आफू निरन्तर लागि परेको दाबी गरेका छन् ।


धर्म कमाउन कुनै माहायज्ञ लगाउनु पर्दैन सेवा गरे पुग्छ
भलामीले बाहिर कतैबाट आई अलपत्र परेका मजदुरहरुलाई खानपानको ब्यबस्थापन गरि उनीहरुलाई सम्बन्धित स्थानसम्म पुर्याउन , दैनिक ज्यालादारी गरेर साँझ बिहान हातमुख जोडनेहरुका लागि उचित राहतको ब्यबस्थापन गरेको जनाएका छन् । यस बिपदको समयमा अलपत्र परेका नागरिकहरुको उद्धार गर्नु , दैनिकी ज्याला मजदुरीहरुको ब्यबस्थापन गर्नु नै ठुलो धर्म भएको उनी बताउछन् । मानब जातीको सेवा गरे कुनै माहायज्ञ लगाउन नपर्ने भन्दै उनले आफू सधै नगरबासी र वडाका नागरिकहरुको सेवामा लाग्ने बताएका छन् । अहिले जनताले पदभन्दा पनि कामलाई बिश्वास गर्ने भएकाले पदमात्रै ठुलो नभएको उनी बताउँछन् । खाने मुखलाई जुंगाले छेक्दैन भने जस्तै काम गर्नका लागि कुनै पद चाहिदैन।
गुणस्तरीय र ब्यबहारीक शिक्षामा नमुना बन्ने
वडा भित्र शैक्षिक गुणस्तर कायम राख्न र शैक्षिक क्षेत्रमा फड्को मार्न सके मात्रै देशको बिकास गर्न सकिने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै देशकै नमुना बनाउने गरी लागेको उनले दाबी समेत गरेका छन् । बर्तमान शिक्षालाई ब्यबहारीक र प्राबिधक रुपबाट लैजान आबश्यक भएकाले बदलिदो समयसंगै शिक्षालाई पनि बदलेर लान सकिएन भने उपलब्धी हासिल नहुने भएकाले यसलाई ध्यानमा राख्दै सदैव लागि परी रहने उनको दाबी छ ।

SHARE