डेनमार्कबाट एक विद्यार्थीले पठाए स्वास्थ्य सामग्री

0
289

बैशाख ७, २०७७ बैतडी :  बैतडी घर भइ डेनमार्कमा अध्ययनरत एक विद्यार्थीले कोरोनाको संक्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य सामग्री बैतडी र दार्चुलाका अस्पताल र सशस्त्र प्रहरीका लागि पठाएका छन्।

बैतडीको सिगास घर भएर डेनमार्कमा अध्ययनरत पंकज चन्दले जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला, बैतडीस्थित सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म र दार्चुलास्थित सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मलाई स्वास्थ्य सामग्री पठाइएका हुन्। बैतडी जिल्ला अस्पताल र दार्चुला जिल्ला अस्पताललाई २५० सर्जिकल मास्क, ४०० ग्लोब्स, स्यानेटाइजर ५, पिपिइ ४ थान पठाएका छन्।

यस्तै बैतडी र दार्चुलाका सशस्त्र प्रहरीका गुल्मलाई समान ३५० मास्क, ग्लोब्स ४०० र स्यानेटाइजर ८ वटा पठाएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंह जानकारी दिए। कोरोना भाइरसविरुद्ध लड्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री पाएपछी भाइरसको जोखिमबाट बच्न सहज हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। बिदेशमा रहेर पनि गृहजिल्लालाई सम्झिएर स्वास्थ्य सामग्री पठाउनु निकै सह्रायिन कार्य भएको उनले बताए। सकारात्मक सोचका साथ सहयोग गर्नुभएको सशस्त्र प्रहरी र अस्पतालहरुले उनलाई धन्यवाद दिए। विदेशमा रहेका पञ्कजले अनलाइनमार्फत काठमाडौंमा स्वास्थ्य सामग्रीको अर्डर गरि बैतडी पठाएका हुन्।

SHARE