प्रेस संगठन गुल्मीद्धारा सञ्चारकर्मीलाई राहत वितरण

0
428

गुल्मी, बैशाख ६ । पे्रस संगठन नेपाल गुल्मी शाखाले सञ्चारकर्मीहरुलाई राहतका लागि संगठनले पहल गर्ने लगायतको विषयमा आज विज्ञप्ती निकालेको केहि बेर मै १२ जना नवआगन्तुक सञ्चारकर्मीहरुलाई अत्याबश्यक खाद्य सामग्री वितरण गरेको छ ।

जिल्लाका विभिन्न स्थानका प्रशिक्षार्थी सञ्चारकर्मीहरुको प्रशिक्षणको बेला तलव नपाईने हुँदा आफुहरु समस्यामा परेको गुनासो आए पछि १२ जना सञ्चारकर्मीहरुलाई प्रेस संगठन नेपाल गुल्मी शाखाले चामल , दाल , तेल , नुन जस्ता अत्याबश्यक खाद्य सामग्री वितरण गरेको हो ।

उक्त सामग्री प्रेस संगठन नेपालका केन्द्रिय सदस्य प्रेम सुनार जिल्ला संगठन गुल्मीका सह संयोजक तिलाचन पाण्डे , जिल्ला संगठनका सचिवालय सदस्य टोपलाल अर्याल लगायतका नेताहरुले हस्तान्तरण गरेका थिए ।

यस्तो समस्यामा परेका जिल्ला भित्रका जो कोही सञ्चारकर्मीहरुलाई अत्याबश्क राहत उपलब्ध गराउन संगठनले पहल गर्ने प्रेस संगठनका केन्दिय सदस्य प्रेम सुनारले जानकारी दिए । सो संगठनका सबै पदाधिकारी र सदस्यहरु विभिन्न निकायहरु संग समन्व्य गर्दै लकडाउन अवधीभर मानविय उद्धारमा जुटेका छन् ।

शुक्रवार साँझ सो संगठनका प्रदेश कमिटी अध्यक्ष सविन प्रियशनले १२ वटै जिल्लामा सर्कुलर गरि जनतको सेवामा जुट्न नर्दिशन दिए लगत्तै अन्य जिल्लाहरुमा पनि प्रेस संगठन मानविय उद्धारमा सक्रिय भएको जनाईएको छ ।

SHARE