मालिका गाउँपालिकाद्धारा १० मजदुरको उद्धार

0
363

हुमाकान्त पोखरेल,

गुल्मी ०६ वैशाख  : गुल्मीको मालिका गाउँपालिकाले १० जना मजदुरको उद्धार गरेको छ । बाग्लुङ जिल्लास्थित दराम खोलामा निर्माणाधिन राजा पुलमा ओखलढुङ्गा कन्ट्रक्समा मजदुरको रुपमा काम गर्दै आएका मजदुरहरुलाई गाँउपालिकाले उनीहरुको घर सल्यान जिल्ला कपुरकोट गाउँपालिकासम्म पु¥र्याउने व्यवस्था गरी उद्धार गरेको हो । उनीहरु पुल निर्माणस्थलबाट चार दिनसम्म पैदल हिडेर मालिका आएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरिले जानकारी दिए । उद्धार गरिएकामध्ये सात पुरुष, दुई महिला तथा एकजना नाबालक रहेका छन् ।

SHARE