प्रेश संगठन गुल्मीद्धारा सञ्चारकर्मीहरुलाई घर भाडा छुटको माग

0
300

गुल्मी, चैत्र ६ । प्रेस संगठन नेपाल,गुल्मी शाखाले लकडाउनका बाबजुद पनि जिल्लाका संञ्चार माध्यामहरुले नियमित रुपमा समाचार प्रवाह गरिरहेकाले यस विषम परिस्थतीमा सञ्चारगृह र सञ्चारकर्मीहरु डेरा गरि बस्ने कोठाको भाडा छुटको माग गरेको छ ।

शनिवार सो संगठनका केन्द्रिय सदस्य प्रेम सुनार र जिल्ला संगठनका सह संयोजक तिलाचन पाण्डेद्धारा जारि बिज्ञप्तीमा लकडाउन अवधीभर जिल्लामा संञ्चालित सञ्चारगृह र सञ्चारकर्मी बस्ने कोठाको भाडा र विद्युत महशुल छुटको माग गरिएको हो ।

त्यस्तै प्रेस संगठन गुल्मीले सञ्चारकर्मीहरुको अवस्था हेरी आबश्यक पर्ने दैनिक उपभोग्य वस्तु निशुल्क उपलब्ध गराउन विभिन्न निकाय संग पहल गर्ने निर्णय समेत गरेको छ । सो संगठनले दैनिक ज्यालादारी गर्ने मजदुर , विपन्न , अशाहय तथा विरामीहरुको उद्धार तथा राहत उपलब्ध गराउने जुटने प्रतिबद्धता समेत जनाएको छ ।

प्रेस संगठनले माथी उल्लेखित सबै कार्यका लागि पत्रकार महासंघ र प्रेस युनियन लगायतका सञ्चारकर्मीहरुका संगठन , स्थानीय तह , संघ संस्था र जिल्ला प्रशासन संग समन्व्य र सहकार्य गर्ने निणय समेत गरेको छ ।

कोरोना भाईरस बिरुद्ध लामो समय सम्मको लकडाउनका बाबजुद पनि सञ्चार माध्यममा निरन्तर खट्ने सञ्चारकर्मी , स्वास्थ्य क्षेत्रमा खट्ने स्वास्थ्यकर्मी , सुरक्षा निकाय, जनप्रतिनिधी र सम्पुर्ण राष्ट्रसेवक कर्मचारी सहित सबै पक्षलाई आभर प्रकट गर्दै जनतले भोगेको यो विषम परिस्थितीको समस्या जोडदारढंगले उठान गर्ने प्रेस संगठन गुल्मीले निर्णया गरेको छ ।

लकडाउन सुरु भएको दिन देखि नै प्रेस संगठन गुल्मीको नेतृत्व तह मानविय उद्धार र राहत वितरणका लागि सम्वन्धित निकायलाई घचघचाउँदै आएको छ र धेरैले उद्धार र राहत पनि पाएका छन् । प्रेस संगठन नेपाल , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को शुभेच्छुक संगठन भए पनि साझा रुपमा सबै पक्षको आवाज बुलन्द गर्ने गर्दछ र बिशेषतः श्रमजिवी वर्ग पक्षधरता र अन्याय अत्यचार विरुद्ध वाकालत गर्ने संगठन भएको दावी गर्दै सो संगठनका ५ नम्वर प्रदेश अध्यक्ष सविन प्रियसनले प्रदेशका १२ वटै जिल्लाको संगठनले समस्यामा परेका जनताको उद्धारमा खट्न मातहतका नेतृत्वलाई निर्देशन दिएको बताए ।

SHARE