गुल्मीमा एम्बुलेन्स चालकको मनपरी, बिरामीको नाममा यात्रु बोक्दै

0
388

तिलाचन पाण्डे
बैशाख ६,२०७७ गुल्मी  : गुल्मीका एम्बुलेन्स चालकहरुले बिरामीको नाममा मनपरी रुपमा अन्य यात्रुहरु बोक्ने गरेको खुलेको छ ।
गुल्मीको मुसिकोटबाट पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि बिरामी लिएर गएको लु २ ख १४८० नम्बरको एम्बुलेन्सले गुल्मी फर्किदा चार जना यात्रु थप गरी लिएर आएको पाईएको छ । गुल्मीबाट गएका बिरामी सहित ४ जना र पाल्पाको बर्तुङबाट चार जना सवारी राख्दै गरेको अबस्थामा पाल्पाको ट्राफिक प्रहरीले देखेपछी एम्बुलेन्सलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यलय पाल्पाका प्रमुख पृथ्बी काफलेले जानकारी दिए । काफलेका अनसार एम्बुलेन्सले बिरामी बोक्ने नाममा सवारी ओसार्ने गरेको पाइएकाले तत्कालै एक हजार जरिवाना काटी चार जान सवार यात्रुहरुलाई एम्बुलेन्सबाट ओराली चालकलाई आगामी दिनमा गल्ती नगर्ने गरी गुल्मी पठाइएको जानकारी दिए ।
एम्बुलेन्स मुसिकोट नगरपालिकाको निस्ती बढिगाड सामुदायिक संस्थाको नामबाट निजी रुपमा संचालनमा आएको र नगरपालिकासंग कुनै समन्वय नगरेको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिए । पहिले एम्बुलेन्सलाई जुनसुकै बेला पनि बिरामी बोक्नुपर्ने भएकाले तयारी अबस्थामा राख्नका लागि अनुरोध गर्दा संचालकले एम्बुलेन्स बिग्रेको र बनाउने अबस्था नभएकाले बिरामी बोक्न नसक्ने जानकारी गराएको जिशीले बताए ।
यता एम्बुलेन्स एम्बुलेन्स संचालक समितिका जिल्ला अध्यक्ष मोहोन केशीले केही एक दुईजना साथीहरुले गर्दा संचालकहरुको समेत बेइजत भएको बताएका छन् । समितिले पटक पटक बिरामी संगै आफन्तीहरु बाहेक अन्य कोही सवारीहरु नराख्न आग्रह गरेता पनि केही एम्बुलेन्सहरुले अटेर गरेको पाइएको बताए । एम्बुलेन्स चालकहरुलाई पटक पटक आग्रह गर्दा समेत अटेर गरेकाले उनीहरुलाई सम्झाउने काम भएको उनले दाबी गरे । आगामी दिनहरुमा यसरी गुल्मीका एम्बुलेन्स चालकहरुले सवारी नबोक्ने समेत उनले बताए ।

प्रशासन भन्छ कारवाही गछौ
ता जिल्ला प्रशासन कार्यलय गुल्मीले बिरामीको नाममा अन्य यात्रु बोक्ने छुट एम्बुलेन्सलाई नभएको बताएको छ ।
जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेका अनुसार गुल्मीका प्रत्येक एम्बुलेन्स चालकहरुलाई बिरामी र बिरामीको कुरुवा बाहेक अन्य कोही सवारी राखे कानुन अनुसारको कारवाही गरिने भन्दै सबैलाई एसएमएस पठाएको दाबी गरेको छ । यदि कसैले प्रशासनको निर्देशनलाई अटेर गरे कानुन अनुसार कारवाही गरेरै छाडन पाण्डेले चेतावनी समेत दिए ।
पानीकै भरमा एम्बुलेन्स चालक 
एम्बुलेन्स चालकहरुलाई बाटोमा कसैले पानी खान समेत नदिएको श्रङगा प्राथमिक स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक तथा जिल्ला अध्यक्ष मोहोन केशीले दुखेसो गरे । उनले बिरामी बोकेर अस्पतालमा जाँदा अस्पतालको गेटभित्र समेत पस्न नदिएको र होटलहरुले खाना समेत नखुवाउने गरेको बताए । उनले घरबाटै पानीको बोतल लिएर जाने गरेको बताउँदै जहाँ पानीको धारा भेटिन्छ त्यही पानी भर्दै पानीको भरमा बिरामी ओसार्ने गरेको बताए । यस संकटको घडीमा जेन तेन भएपनि पानीकै भरमा बिरामी बोकेको र सेवा नै धर्म भएको भन्दै नियमित काममा लागि परेको उनले बताए । जिल्लामा ३८ वटा एम्बुलेन्स बिरामी बोक्नका लागि तयारी अबस्थामा रहेका छन् ।

SHARE