नगरपालिकाले राहतमा दिएको चामल गुणस्तरहीन भएको पुष्टि

0
471

बैशाख ६, २०७७ नवलपरासी  : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा बाँडेको चामल गुणस्तहीन भएको पुष्टि भएको छ।

गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले राहतमा वितरण भएको चामल गुणस्तरहीन भएको प्रमाणित गरेको हो। नगरपालिकाले वितरण गरेको चामल गुणस्तरको नभएको भन्दै वडा नम्बर ११ मा वितरण भएको राहत स्थानीयले गत चैत २८ मा नगरपालिकाको गेटमै फालिदिएका थिए भने वडा नम्बर ६ मा अध्यक्षको घरमा लगेर फर्काइदिएका थिए ।

वडा नम्बर ३ बाट पनि वितरण भएको राहात फिर्ता भएको थियो। राहतको चामल गुणस्तरहीन भएको स्थानीयबाट गुनासो आएपछि गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाको टोलीले चामलको नमुना संकलन गरी परीक्षणका लागि लगेका थिए।

चामलको ल्याव टेष्ट गर्दा त्यसको नतिजा नेपाल सरकारको मापदण्डभन्दा कम भएका कार्यालयका सहायक निरीक्षक नुरुल एन भाटले बताए। नगरपालिका पदाधिकारीबीच विवाद नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले विज्ञप्ती जारी गरी चामल गुणस्तरहीन भएका भनी नियोजित रुपमा नगरपालिकालाई बदनाम गरिएको दाबी गरेका छन्। राहत सामाग्रीको गुणस्तरकै विषयमा नगर प्रमुख गुप्ता र उपप्रमुख रम्भा कुँवरबीच विवाद भएको छ। उपप्रमुख कुँवरले चामल प्याकेजिङ गर्ने समयमै गुणस्तरहीन लगाइएको दाबी गर्दै आएकी छन्।

अव राहतमा मसिनो स्टिम चामल 

पहिलो चरणमा वितरण गरिएको चामल गुणस्तरहीन भएको भन्दै नगरपालिका विवादित भएपछि पछिल्लो चरणमा मसिनो स्टिम चामल वितरण गर्ने भएको छ। चौतर्फी आलोेचना खेपिरहेको नगरपालिकाले नयाँ राहत सामाग्री खरिद र वितरण समन्वय समिति गठन गरी राहत वितरण थाल्ने निर्णय गरेको छ।

कार्यपालिका बैठकको निर्णायाअनुसार गठित समितिको संयोजकमा वडा नम्बर ७ का अध्यक्ष शिवशंखर प्रसाद हरिजन रहेका छन् भने सदस्यहरुमा कार्यपालिका सदस्य उमाशंखर हरिजन र ईन्दु विक रहेका छन्। यसअघि १० किलो वितरण गरिएकोमा अब परिमाण बढाएर २५ किलो चामल वितरण गरिने छ। भने दाल एक किलोग्राम, नुन एक प्याकेट, खाने तेल एक लिटर र हात धुने साबुन दुई वटा र सोयाबिन ५०० ग्राम वितरण गर्न निर्णय भएको छ।

SHARE