नेपाल कम्यूनिष्ट पार्टी छत्रकोट गुल्मीले गाउँपालिकामा उत्पादित दुध व्यवस्थापन गर्ने

0
673
अमर पन्थ,
बैशाख ५ गुल्मी :नेपाल कम्यूनिष्ट पार्टी छत्रकोट गाउँपालिका गुल्मीले दुग्ध किसानहरुले उत्पादन गर्ने दुध व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
देशमा कोरोना भाईरस रोकथाम,नियन्त्रण तथा संक्रमणबाट बच्नको लागि भएको लकडाउनको कारण दुध उत्पादन गर्ने किसानहरुले विभिन्न सास्ती बेहो¥नु परेको परिस्थतीलाइ मध्नजर गर्दै नेकपा छत्रकोटले दुध व्यवस्थापन गर्ने भएको हो ।
दुध व्यवस्थापनको लागि गाउँपालिकाका विभिन्न वडा प्रतिनिधि छानिएको छ जसमा वडा नं. १ हुँगामा थानेश्वर भण्डारी, वडा नं. २ पल्लीकोटमा दुर्गा सुनार, वडा नं. ३ हर्दिनेटामा बाबुराम अर्याल, वडा नं. ४ दिगाममा भागवत गिरी, वडा नं. ५ मानकोटमा सरोज पाण्डे र वडा नं. ६ दौघामा जुद्ध पछाई रहनुभएको छ । आफनो वडामा उत्पादित दुध यी व्यक्तिहरु मार्फत विक्रि गर्न सकिने नेपाल कम्यूनिष्ट पार्टी छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पण्डेले बताउनुभयो ।
SHARE