पोखराबाट पैदल प्यूठान हिडेका मजदुरको छत्रकोट गाउँपालिकाद्धारा उद्धार

0
492
अमर पन्थ, बैशाख ५ गुल्मी :
विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९) को संक्रमण , रोकथाम तथा नियन्त्रणको लागि भैरहेको लकडाउनका कारण नेपालमा विभिन्न यात्रुहरुलाई कठिन परिस्थती झेल्नुपरेको छ ।
यसै कठिन परिस्थतीलाई झेल्दै गुल्मीको छत्रकोट गाउँपालिका सम्म पैदल आएका मजदुरहरुलाई गाउँपालिकाले उद्धार गरेको छ ।
प्यूठान जिल्ला, गौमुखी गाउँपालिका २ का ६ जना मजदुर पोखरामा मजदुरी गर्दै आएका र लकडाउनका कारण पैदल घर हिडेका उनीहरु तीन दिन हिडेपछि गुल्मी आएको थिए ।
उनीहरुलाई छत्रकोट गाउँपालिकाले उनीहरुको घर सम्म पु¥उन गाडिको व्यवस्था गरेको गाउँपालिका प्रमूख प्रसासकिय अधिकृत भेषराज पन्थले  जानकारी दिनुभयो ।
SHARE