कोदो गोदाममा थन्क्याएर बजारको चामल राहत

0
672

तिलाचन पाण्डे
बैशाख ५,२०७७ गुल्मी : जिल्लाको इश्मा गाउँपालिकाले स्थानीय उत्पादन कोदोलाई गोदाममा थन्क्याएर बजारको चामल खरिद गरि पालिका भित्रका बिपन्नलाई बितरण गरेको छ ।
गाउँपालिकाले स्थानीय इस्मा कृषि तथा पशु महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ । अहिले त्यी सहकारीको गोदाममा भण्डै १३ टन कोदो प्रशोधन गरि गाउँपालिकाको लोगो लगाई प्याकिङ सहित यसै थन्किएर बसेको छ ।
स्थानीय उत्पादन कोदो मकै लगायत बिपन्नलाई बितरण नगरेर बजारबाट चामल खरिद गरी गाउँपालिका भित्रका भण्डै एक हजार २४३ परिवारलाई राहात बितरण गरेको इश्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए । पहिले गाउँपालिकाले इश्माको कोदोले बजार नपाएको भन्दै हल्ला समेत मच्चाए अहिले आफूसंग भएको कोदो गोदाममा थन्क्याएर बजारको चामल बितरण गरेको छ । कोदो उत्पादन गर्ने किसानहरुको प्रति केजी ५० रुपैयाँका दरले सहकारी मार्फत  लिएको हो ।

दोस्रो चरणमा पीठो बनाएर बितरण गर्दै छौ  : उपाध्यक्ष
गाउँपालिकाको स्थानीय उत्पादन कोदो थन्क्याएर किन चामल भन्ने खबरमार्केटको प्रश्नमा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले दोस्रो चरणको राहत बितरणमा पीठो बनाएर बितरण गर्ने योजना बनाएको दाबी गरिन् । उनले गाउँपालिकामा करिब १३ टन जति प्रशोधन गरि राखेको कोदो भएको भन्दै त्यसलाई पीठो बनाएर बितरण गर्ने दाबी गरिन ।
राहत बितरणमा कोदो नै बितरण गर्दा कतै दुरुपयोग पो हुने होकी भन्दै पीठो बनाएर बितरण गर्ने योजना बनाएको उनले बताईन । कोदो नै बितरण गर्दा कसैले घरेलु मदिरा बनाइदिने र कसैले कोदो बेच्नेपो हुन की भन्ने आंशकाले पिठो बनाएर बितरण गर्न लागेको उनले दाबी गरिन् ।

SHARE