गुल्मीमा खाद्यन्न बोक्ने पास लिएका सवारीले धमाधम मदिराको धन्दा गर्दै

0
448

तिलाचन पाण्डे
बैशाख ५,२०७७ गुल्मी :  खाद्यन्न बोक्नका लागि सवारी पास लिएका गुल्मीका जीपहरुले धमाधम लुकाई छिपाई मदिराको धन्दा गर्ने गरेको खुलेको छ ।
सदरमुकाम तम्घासबाट इश्मा खाद्यन्न ढुवानी गर्नका लागि जिल्ला प्रशासन कार्यलय गुलमीबाट पास लिएको बा १८ च १०४४ नं को जीपले खाद्यन्नको बिचमा १० कार्टुन मदिरा राखेर लादै गरेको सूचना आधारमा शुक्रबार बरामद गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए ।

खाद्यन्न बोक्ने नाममा जीपहरुले मदिरा ओसार पसार गर्ने गरेको बिशेष सुराकीका आधारमा मदिरा बरामद गरिएको खडकाले जानकारी दिए । खाद्यन्न बोक्ने नाममा कसैलाई मदिराको कारोवार गर्ने छुट नभएको भन्दै खाद्यन्न बोक्ने सवारी साधनहरुलाई बिशेष निगरानीमा राखेर चेकजाच गर्ने गरी प्रहरीका सबै युनिटलाई निर्देशन दिएको खडकाले जानकारी दिए ।

यस्तै बिहीबार नै तम्घासबाट इश्मा जादै गरेको ग १ च ९८६ नं को जीपले पनि खाद्यन्नको बिचमा १० कार्टुन मदिरा राखी लगेको र लु २ च २५७३ को जीपबाट पनि छल्दी पनाहमा ५ कार्टुन मदिरा बरामद गरिएको इश्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिईन्

SHARE