गुल्मी र पाल्पामा शब फेला

0
463

बैशाख ४,२०७७ गुल्मी  : गुल्मीमा एक युवती मृत अबस्थामा फेला परेकी छन् ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ४ म्यालपोखरीकी २३ बर्षिय मिना कुँवर नजिकैको ठुलो भिरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । बुधबार घरबाट दाउरा लिन हिडेकी उनी अबेरसम्म पनि घर नआउँदा उनको खोजतलास गर्दै गर्दा बिहीबार भिरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिनुभयो । शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइदै गरेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
यसैबिच पाल्पाको तिनाउँ गाउँपालिका ३ झुम्सा स्थित गोरेटो बाटोको साईडमा ३५ वर्षीय ओमबहादुर पुन मृत अवस्थामा फेला परेका छन् । आज साँझ ५ वजेको समयमा मृत अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गुल्मी जिल्ला मालिका गाउँपालिका घर भई पुन हाल पाल्पा तिनाउँ गाउँपालिका २ अर्घाछापमा कोठाभाडामा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE