गुल्मीमा बाढीका कारण बन्दै गरेको पुल भत्कियो

0
585

तिलाचन पाण्डे
बैशाख ३,२०७७ गुल्मी  :गुल्मीको मुसिकोट नगरपालिकामा गत बर्ष वैशाखमा टेका नपुगेर बन्दाबन्दै भत्किएको पुल पुनः भत्किएको छ । नगरपालिकाको वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथिको पुल बुधबार आएको बाढीका कारण भत्किएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
बडिगाढ खोलामाथि बन्दै गरेको पुल गत बर्ष वैशाख १ गते आइतबार राती टेका नपुगेर भत्किएको थियो । ढलान गरेको दुई दिनपछि भत्किएको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणले जिम्मा लिएको थियो । कुल ५८ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले र टेका नपुगेर भत्काएको हुनसक्ने अनुमान गरिएको थियो । त्यसपछि पुलको अनुगमन र अध्ययन गर्न वैशाख ३ गते मंगलबार काठमाडौबाट विज्ञ समुह गुल्मी आएको थियो । वि.स. ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर काम गर्दा खोलामा बाढी आउने लगायतका कारणले निर्माण सामग्री नै बगाउन थालेको थियो । हाल बढीगाड खोलामा निर्माण भएको पुलको तल्लो ढलाई सकिएको थियो ।
यस्तै बाढीले चण्डेश्वरी हेबि इक्युमेन्ट कन्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्याक्टर समेत बगाएको छ । यस्तै पौदी अमराई कल्यार जोडने पक्की पुलमा समेत बाढीले क्षति पुर्याएको छ । बाढीका कारण पुलको तल्लो ढलानमा क्षती गर्नुका साथै फर्मा , फलामका पाइप , जनेरेटर लगायतका साम्रगीमा क्षती पुर्याएको श्रेष्ठ कन्ट्रक्सनका प्रमुख हरि कुमार श्रेष्ठले बताए । सोही कन्ट्रक्सनले निर्माण गरेको चौरासी धुर्कोट जोडने पक्की पुलमा समेत उच्च जोखिम रहेको श्रेष्ठले बताए ।

SHARE