सत्यवती गाउँपालिकाले ५२४ दीर्घरोगीहलाई घरमै निशुल्क औषधी ल्याइदिने

0
1112

तिलाचन पाण्डे
बैशाख ३,२०७७ गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्र नियमित औषधी सेवन गर्र्ने ५२४ जनालाई घरमै औषधी ल्याइदिने भएको छ ।
लकडाउनको समयमा नियमित रुपमा औषधी सेवन गर्ने पालिका वासीहरुका लागि उनीहरुले सेवन गरिरहेको औषधी कार्ड संंकलन गरी पालिकाले औषधी ल्याइदिने निर्णय भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए । पालिका भित्रका दीर्घरोगीहरुका लागि औषधी ल्याउन समस्या भएको र उनीहरुको स्वास्थ्यको ख्याल गर्ने जिम्मेवारी पालिकाको भएकाले घरमै औषधी ल्याइदिने ब्यबस्था गरेको ढकालले जानकारी दिए ।
लकडाउनका कारण औषधी लिन जान नसक्ने , र गाउँमा बृद्ध बृद्धाहरु भएकाले निशुल्क रुपम घरमै औषधी ल्याइदिने पालिकाले जनाएको छ । पालिका भित्र नियमित रुपमा औषधी सेवन गर्नेहरुलाई निशुल्क रुपमा एक महिनाका लागि औषधी ल्याइदिने ब्यबस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले जानकारी दिए ।
यस्तै गाउँपालिकाले भारतबाट आयतित तरकारी र फलफूललाई पनि बेचबिखनमा रोक लगाउने समेत निर्णय गरेको भण्डारीले जानकारी दिए । गाउँपालिका भित्र प्रबेश गर्ने नाकाहरुलाई अझ कडाइका साथ पालना गर्नका लागि स्वयंसेबक परिचालन गर्ने समेत गाउँपालिकाले जनाएको छ ।

SHARE