जिल्ला प्रशासन कार्यलय गुल्मीले मागेको बिबरण नै पठाउँदैनन् गुल्मीका स्थानीय तह

0
793
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
बैशाख ३,२०७६ गुल्मी  : गुल्मीका स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीले मागेको बिबरण नै नपठाएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका २ नगरपालिका र १० वटा गाउँपालिकालाई पालिका भित्र कति बिपन्न परिवारलाई राहत बितरण गरियो , पालिका भित्र निर्माण गरिएका क्वारेन्टाइनको अबस्था संगै ब्यबस्थापक अर्थात फोकल पर्सन को हो , लकडाउनको अबस्था र पालिका भित्र उलङघनको अबस्थाको बारेमा जानकारी गराउन भन्दै पटक पटक आग्रह गर्दा समेत बिबरण नआएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेका अनुसार पटक पटक स्थानीय तहहरुलाई सूचना मार्फत र फोन मार्फत आग्रह गर्दा समेत यथार्थ बिबरण नआएको जानकारी दिए । पाण्डेले कतिपय स्थानीय तहहरुले छाराटालको अबस्थामा जस्तै गरी पठाउने गरेको र कुनै स्थानीय तहहरुले बिबरण पठाउन पनि अटेर गरेको जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यलय गुल्मीले अब कडाइका साथ निर्देशन दिने तयारीमा रहेको पाण्डेले जानकारी दिए ।
निरन्तर रिर्पोट पठाएको दाबी
यता जिल्ला प्रशासन कार्यलय गुल्मीले रिर्पोट अर्थात बिबरण पठाउन स्थानीय तहहरुले अटेर गरेको भनिरहँदा मालिका गाउँपालिकाले निरन्तर रुपमा रिर्पोट पठाएको दाबी गरेको छ ।
मालिका गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दीपक भण्डारीले आफूले दैनिक कामकाजको बिबरण र रिर्पोट जिल्ला प्रशासन कार्यलयमा पठाएको दाबी गरेका छन् । उनले जिल्ला प्रशासन कार्यलय गुल्मीले तोकेको ढाँचामै पठाउने गरेको भन्दै हामीहरुले राहत बाड्ने र जनताका प्रत्यक्ष समस्या संग पनि जुध्नुपर्ने उनले बताए । कहिले काँही छुटेको हुन सक्ने भन्दै सुगममा जस्तो सहज दुर्गमका स्थानीय तहलाई नहुने र कहिले बिधुत्तको समस्या त कहिले नेटको समस्या आउने उनले गुनासो समेत गरेका छन् ।
यस्तै मदाने गाउँपालिकाले पनि निरन्तर रिर्पोट पठाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए ।

स्थानीय तहको अबस्थाबारे बुझन प्रमुख प्रशासकीय अधिकृतहरुसंग भिडियो कन्फ्रेन्स बैठक


यता जिल्ला प्रशासन कार्यलय गुल्मीले स्थानीय तहहरुले कोरोना भाइरस संक्रमण र रोकथाम र नियन्त्रणका अबस्थाबारे कसरी काम भइरहेको छ भनेर बुझनका लागि भिडियो कन्फ्रेन्स बैठक गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहहरुले गरेका कार्यहरु र दैनिक गरेका कार्यहरुको बारेमा रिर्पोट पठाउनका प्रशासकीय अधिकृतहरुलाई आग्रह गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
सरकारले जारी गरेको लककडाउनलाई प्रभाबकारी ढंगले लागू गर्नका लागि स्थानीय तहहरुलाई निर्देशन दिएको सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । दैनिक रुपमा बिपन्न तथा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुलाई राहत बितरणको बिबरण पठाउन किन ढिलाई भन्ने प्रमुख जिल्ला अधिकारीको जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृतहरुले धेरै ठाउँमा रिर्पोट पठाउन पर्ने भएकाले समस्या भएको बताएको पाण्डेले जानकारी दिए ।

SHARE