जग्गा बाँझो राखे कारवाही

0
330

तिलाचन पाण्डे
बैशाख ३,२०७६ गुल्मी  : गुल्मीको धुर्कोट गाउँपालिकाले पालिका भित्रका कृषकहरुलाई लकडाउनको समय सदुपयोग गर्नका लागि बिशेष अनुदान कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाले पालिका भित्रका बाँझो बारीमा सुन्तला कागती तथा अन्य फलुफुल खेती गरेमा कृर्षकहरुलाई प्रति रोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराउने पालिकाले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । यस्तै बाँझो जग्गमा अन्नबाली , तरकारी खेती ,तथा मसलेदार खेती गरेमा प्रतिरोपनी चार हजारको दरले अनुदान दिने र गाउँपालिकाबाट अति बिपन्न तथा ज्यालादारी मजुदुरहरुले आफनो स्वामित्वमा रहेको बाँझो जमिन वा निजमा लिई अन्नबाली , तरकारी खेती अर्थात मसालेदार खेती गरेमा प्रति रोपनी पाँच हजारका दरले अनुदान दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए । उक्त अनुदान लिनका लागि बिगत २ बर्षदेखि जमिन बाँझो रहेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।


जमिन बाँझो राखेमा बढी कर लिइने
दि कसैले आफनो जमिन बाँझो राखेमा गाउँपालिकाले भूमिकर बढी लिने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले दाबी गरे। उहाँले गाउँपालिका भित्र कसैको जमिन बाँझो रहेमा उनीहरुलाई आगामी गाउँसभाबाट पास हुने गरि भूमिकर बढी लिइने निर्णय गराई बढी कर लिएरै छाडने दाबी समेत गरेका छन्।

SHARE