श्रीमान श्रीमती एउटै रुखमा भुन्डिएर आत्महत्या

0
409

बैशाख १,२०७७ गुल्मी  : गुल्मीमा श्रीमान श्रीमतीले एउटै रुखमा झुन्डिएर आत्म हत्या गरेका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ५ फोक्सिङका अन्दाजी ७० बर्षिय ओमबहादुर सार्की र उनकी ६९ बर्षिय खिमकला सार्कीले घरमाथिको खनियाको रुखमा लामो गलबन्दीले पासो लगाई भुन्डिएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक चुरामणी पुनको नेतृत्वमा टोली गएकाले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिनुभयो ।

SHARE