गुल्मीमा क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिट टेस्ट सुरु ,१८ जनाको कोरोना रिर्पोट नेगेटिभ

0
440

टोपलाल अर्याल
बैशाख १,२०७६ गुल्मी :  गुल्मीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिट टेस्ट गरेर घर फर्काउन थालिएको हो ।
मदाने गाउँपालिका र गुल्मी दरवारगाउँपालिकाको क्वारेन्टाइनमा बसेका १८ जनाको ¥यापिट टेस्ट गरिएको छ । ¥यापिट टेस्ट गरिएका सवै जनाको कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीमा प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
गुल्मी दरवार गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको पनि कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ । चैत १८ गतेबाट गुल्मी दरवार गाउँपालिका ६ को इश्वरी माविमा बसेका आठ जनाको ¥यापिट टेस्ट गर्दा रिर्पोट नेगेटिभ आएको शर्माले बताए । उनीहरको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई पनि घर पठाइएको छ ।
मदाने गाउँपालिकाले भारतबाट चैत १८ गते गाउँ आएको १० जनालाई वडा नं ६ पुर्कोटदहको पृथ्वी मावि क्वारेन्टाइनमा राखेको थियो । सोमबार उनीहरुलाई घर फर्काउने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।
मदाने गाउँपालिकामा चैत महिनामा बिदेशबाट दुई महिला र एक सय दुई पुरुष गरेर एक सय चार जना आएको भण्डारीले जानकारी दिए । गुल्मी दरवार गाउँपालिकाको क्वारेन्टाइनमा बसेका भने लक डाउनको समयमा स्वदेशकै काठमाण्डौ र वुटवलबाट फर्किएकाहरुलाई प्रहरीले पठाएकाले क्वारेन्टाइनमा राखिएको क्वारेन्टाइनमा खटिएका स्वास्थ्कर्मी रामकृष्ण कडेलले बताए ।
¥यापिट टेस्टपछि रिर्पोट नेगेटिभ आएकाले एक साता घरमै सुरक्षित भएर बस्नुपर्ने सर्तकासाथ घर पठाइएको कडेलले बताए । गुुुल्मी दरवार गाउँपालिकामा बिदेशबाट १७ महिला र एक सय १९ पुरुष आएका छन् ।
स्वास्थ्य कार्यालय गुल्मीले कोरोना परिक्षण छिटो र प्रभावकारी बनाउन पालिका स्तरका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर ¥यापिट टेस्टको लागि आवश्यक किट समेत उपलब्ध गराएको छ । सोमबारनै मुसिकोट नगरपालिका र धुर्कोट, मालिका, लगायतका स्थानीय तहमा भएका क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिट टेस्ट गरिने स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिए ।
‘किट सिमित भएकाले पहिलो चरणमा १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्छौ,’शर्माले भने,‘ त्यसपछि प्रयाप्त किट आएपछि बिदेशबाट फर्केकाहरुको पनि टेस्ट गर्ने हो ।’ उनले नेगेटिभ रिर्पोट आएर घर फर्किए पनि सवै सुरक्षित भएर घरमै बस्नुपर्ने बताए ।

SHARE