गुल्मी दरवारको क्वारेनटाइनमा रहेका ८ जना डिस्चार्ज

0
1375

रामकृष्ण कडेल , बैशाख १ गुल्मी  : गुल्मीदरबार गाउपालिका अन्र्तगत इस्वरि माध्यमिक विध्यालय चारपाला क्वारेनटाइनमा रहेका सबै ८ जना नै सोमवार डिस्चार्ज भएका छ्न ।
क्वारेनटाईनमा बसेको उनिहरुलाई १४ दिन पुगिसकेकाले र आज आरडिटि बाट रगत परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुँदा उनिहरुलाइ आ आफ्नो घर पठाइएको गाउपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले जानकारी दिए ।
अर्यालले उनिहरुका परिवार तथा अभिभावक लाइ जिम्मा लगाएर घर पठाएका सबैले एक हप्ता होम क्वारेनटाईन बस्ने प्रतिबद्धता गरी डिस्चार्ज गरिएको जानकारी दिए । उनिहरु सबै काठमाडौं बाट बुटबल आइ केहि दिन आफन्तकोमा गुमफिर गरि चैत्र १८ गते लकडाउनको समयमा गुल्मिदरबार गाउपालिका वडा नम्बर ५ घर आउने क्रममा बुटबल बाट ल्याइएको थियो ।

क्वारेन्टाइन बाट डिस्चार्च गर्दै गाउपालिका अध्यक्ष अशोक कुमार थापाले क्वारेन्टाइन अवधि भित्र आ आफ्नो क्षेत्र बाट अहोरात्र खटिइ सेवा गर्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी क्वारेन्टाइन ब्यवस्थापक तथा कार्यपालिका सदस्य इश्वरि परियार अन्य जनप्रतिनिधि लगाएत सम्पुर्णलार्इ धन्यवाद दिए।

SHARE