इस्मा गाउँपालिकामा राहत वितरण सुरु

0
446

टोपलाल अर्याल
गुल्मी, बैशाख १  : कोरोना संक्रमणको कारण लक डाउनको समय बढ्दै गएपछि विपन्न परिवारमा खाद्य संकट देखिन थालेको छ । केन्द्रिय सरकारको निर्देशन अनुसार स्थानीय तहहरुले बिपन्न परिवारको लगत संकलन गर्ने र राहत वितरण गर्ने कार्य गरिरहेका छन् । पहिलो चरणमा लगभग अब सवै स्थानीय तहले राहत वितरण सम्पन्न गर्न थालेका छन् ।

जिल्लाको इस्मा गाउँपालिकाले पनि शनिबार इस्मा गाउँपालिका ३ दर्लामचौरबाट राहत वितरण सुरु गरेको थियो । दर्लामचौरले आइतबार १ सय ९६ परिवारलाई राहत वितरण गरेको वडाध्यक्ष तोयनाथ शर्मा सापकोटाले जानकारी दिए । करिव २ सय परिवारका ८ सय ३२ जना राहतबाट लाभाम्बित बनेको छन् । दर्लाचौरमा चार हजार ८ सय ८५ किलो चामल, ३ सय ३५ किलो दाल, १ सय ८७ लिटर खाने तेल, १ सय ९६ किलो नुन, ८ सय २२ किलो आलु र ३ सय २२ पिस सावुन वितरण गरिएको सापकोटाले बताए ।

इस्मा गाउँपालिका ५ इस्मा रजस्थलले बिपन्न परिवारको घरघरमै लगेर राहत वितरण थालेको छ । वडा कार्यालयबाट वितरण गर्दा टाढाका परिवारहरुलाई गाह्रो हुने भएकाले टोलमै पुराएर थप राहत प्रदान गरिएको वडाध्यक्ष कलानिधी भण्डारीले बताए । आइतबार इस्मा रजस्थलको रातामाटा, चाँपचारी, रोदि, जैतिखोला, काउछे र कपासेका ७२ घर बिपन्न परिवारलाई राहत वितरण गरिएको भण्डारीले जानकारी दिए । अन्य विपन्न परिवारलाई पनि टोलमै पुगेर राहत वितरण गरिनेछ । बिपदको बेला घरमै राहत सामग्री पाएपछि स्थानीय खुसी भएका छन् । इस्मा रजस्थलमा २ सय १ परिवारले राहत पाउने छन् । जसका ७ सय ७२ घर लाभाम्बित हुने वडा सचिव शेर बहादुर खड्काले बताए । वडाका सवै विपन्न परिवारलाई ४ हजार ६ सय ५ किलो चामल, ३ सय १६ किलो दाल, १ सय ९४ लिटर तेल, २ सय १ किलो नुन, ८ सय ९ किलो आलु र ३ सय ११ पिस सावुन वितरण गरिने खड्काले जानकारी दिए ।
इस्मा गाउँपालिका वडा नं ६ ले पनि राहत वितरण सुरु गरेको छ । वडा नं ६ का १ सय ९७ परिवारका ७ सय २८ जना राहतबाट लाभाम्बित हुने वडाध्यक्ष हिरा बहादुर जिसीले बताए । अम्मरपुरमा ४ हजार ४ सय २५ किलो चामल, २ सय ९८ किलो दाल, १ सय ८८ लिटर तेल, १ सय ९७ किलो नुन र ७ सय ९३ किलो आलु र ३ सय ७ पिस सावुन वितरण गरिने वडाध्यक्ष जिसीले बताए ।

SHARE