वडाध्यक्षको घरबाट गोली बरामद

0
323

बैशाख १, २०७७ म्याग्दी : म्याग्दीका रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले बुलेट ९गोली० बरामद गरेको छ। पाखापानीको कोटगाउँस्थित शेरपुजाको घरबाट आइतबार एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार आफूसँग ‘बुलेट’ भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मारेको थियो । प्रहरी नायब उपरिक्षक किरनजंग कुँवरले भने, ‘कुन प्रकृतिको गोली, कुन स्रोतबाट आएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौ’, कुँवरले भने। फरार भएका शेरपुजाको खोजी जारी छ। अदालतबाट आवश्यक कानुनी प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।

स्थानीय जनप्रतिनिधि र अगुवाहरुको रोहबरमा बिहान घरमा खानतलासी गरिएको थियो। शेरपुजाले सामाजिक सञ्जालमा अभिव्यक्त दिएपछि प्रहरी टोली अनुसन्धानका लागि कोटगाउँ गएको थियो। शेरपुजा २०७४ वैशाखमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए । थाहाखबरबाट

SHARE