बागलुङमा एक महिलाको रिपोर्ट शंकास्पद

0
331

चैत ३०, २०७६ बागलुङ : कोरोनाको परीक्षणका लागि बागलुङमा भइरहेको र्‍यापिड टेष्टका क्रममा काठेखोला गाउँपालिकामा एक शंकास्पद बिरामी फेला परेका छन्।

तीर्थयात्रामा भारत गएर फर्किएकी काठेखोला गाउँपालिकाकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण हुन सक्ने संकेत फेला परेको स्वास्थ्य प्राविधिकहरुले जानकारी दिएका छन्। ‘एक जनामा कोरोना भाइरसको शंका देखापरेको जानकारी आएको छ, त्यसको पुष्टिका लागि काम भइरहेको छ’ जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले भने, ‘हाम्रा साथीहरु काम गरिहरेका छन्।

थप चेकजाँच भएपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ।’ संक्रमणको शंका देखिएकी महिलाको परिवारलाई क्‍वारेन्टाइनमा राख्‍न पहल भइरहेको प्रजिअ सैंजुले बताए।

 

SHARE