गुल्मीका पाँच जनाकै कोरोना परीक्षण रिर्पोट नेगेटिभ

0
326

चैत २९,२०७६ गुल्मी  : गुल्मीमा पहिलो पटक कोरोना आशंकामा स्वाब परीक्षण गरेका पाँच जनाकै कोरोना परीक्षण रिर्पोट नेगेटिभ देखिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
गत चैत २४ गते मुसिकोट नगरपालिकाका दुई, रेसुङा नगरपालिकाका एक र सत्यवति गाउँपालिका दुई जना युवाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर भैरहवा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उनीहरु गत चैत्र ६ गते बिदेशबाट नेपाल आएका थिए । रेसुङा नगरपालिकाका युवा महेन्द्र माविको क्वारेन्टाइनमा रहेका थिए । भने बाँकी मुसिकोट नगरपालिका र सत्यवति गाउँपालिकाका चार जना होम क्वारेन्टाइनमा रहेकाले स्वाब परीक्षण गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । अब पाँच जनानै सामान्य जीवनमा फर्कन सक्ने पच्याले बताए ।
गुल्मीमा पनि ¥यापिड टेस्ट गरिदै
गुल्मीका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेष्ट गरिने भएको छ । स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले शनिबार बेलुकासम्म किट जिल्ला आउने भएकाले आइतबार वा सोमबारबाट टेस्ट गरिने बताए । उनले प्रदेश संस्था आपूर्ति व्यावस्थापन केन्द्र वुटवलमा दुई सय थान किट माग भए पनि एक सय मात्रै प्राप्त भएकाले पहिलो चरणमा ७५ जनाको टेस्ट गरिने बताए । शर्माले ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टेस्टका लागि तालिम दिनुपर्ने र किट आवश्यक पर्ने भएकाले दुवैको व्यावस्थापन गरेर जिल्लामा विदेशबाट आएका सवैलाई टेस्ट गरिने बताए ।

SHARE