गुल्मीमा आगलागीबाट घर जलेर नष्ट

0
342

चैत २८,२०७६ गुल्मी  : गुल्मीमा आगलागीबाट एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ । शुक्रबार विहान एक्कासी आगलागी भई जिल्लाको ईस्मा गाउँपालिका वडा नं. १ जुकेपानीका ठगबहादुर रानाको घर जलेर नष्ट भएको हो । मानवीय र पशुचौपायको कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक –एसपी ंराजेन्द्र सिंह खडकाले जानकारी दिनुभयो । प्रहरीका अनुसार अनुसार ६ लाख ५९ हजार ५ सय बराबरको क्षतिको अनुमान प्रहरीले गरेको छ भने आगलागीको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष खत्रीद्वारा सहयोग हस्तान्तरण
घर जलेर नष्ट भएको जानकारी पाएलगतै उद्धारका लागि आफूहरू त्यहाँ आइपुगेको त्यस वडाका वडाध्यक्ष चुराबहादुर खत्रीले बताउनुभयो । आगलागी कसरी भयो भन्ने नखुलेको छैन वडाध्यक्ष खत्रीले बताउनुभयो । वडाध्यक्ष खत्रीले तत्कालका लागि ५ जनाको परिवारलाई १५ हजार नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । त्यस्तै वडाध्यक्ष खत्रीले एक क्वीन्टल चामल, ५ किलो दाल, नुन, तेल र ५ जनाको परिवारलाई लत्ता कपडा समेत उपलब्ध गराउनुभएको छ भने वडा सदस्य जंगबहादुर खत्रीले पनि उक्त परिवारलाई ५ हजार नगद सहयोग गर्नुभएको छ ।

SHARE