समाचार प्रभाव : सबै स्थानीय तह र तम्घास अस्पताललाई पिपिई प्रदान

0
411
हुमाकान्त पाेखरेल, गुल्मी

२८ चैत : गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरिएकाे छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीय तहलाई २०/२० थान र तम्घास अस्पताललाई ६० थान गरि कुल तीनसय पिपिई प्रदान गरिएकाे छ । गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा पूर्व श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टकाे पहलमा अाएका पिपिई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तहका प्रमुख र अस्पतालका प्रमुखलाई हस्तान्तरण गरे । जिल्लाका स्वास्थ्यकर्मीलाई पिपिई नहुँदा केही दिन पहिले `पिपिईकाे अभावमा स्वास्थ्यकर्मीमा मनाेवैज्ञानिक असर´ शिर्षकमा खबरमार्केट डटकममा समाचार प्रकाशित भएकाे थियाे । पिपिईकाे अभावमा स्वास्थ्यकर्मी समेत उच्च जाेखिममा रहेकाे भन्दै त्यसलाई मध्यनजर गरि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएकाे प्रजिअ शर्माले बताए ।

मनाेबल बढेकाे छ : स्वास्थ्यकर्मी

पिपिई पाएपछि अाफुहरूकाे मनाेबल बढेकाे स्वास्थ्यकर्मीले बताएका छन् । `पहिले बिनाहतियार काेराेनाबिरूद्दकाे युद्धमा हाेमिएका थियाैं, अब हतियार प्राप्त भएकाे छ ।´ रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयाेजक बाेम अर्यालले भने, `सबै स्वास्थ्यकर्मीलाई उपचारको काममा खटाउन सहज भएकाे छ ।´ अब नगरप्रहरी र एम्बुलेन्स चालकलाई पनि पिपिई प्रदान गर्ने अर्यालले बताउनुभयाे । नगरपालिकाकाे मातहतमा अहिले ३३ जना स्वास्थ्यकर्मी छन् । मालिका गाउँपालिकाका स्वास्थ्य संयाेजक बसन्तराज भुसालले पनि पिपिई अब एम्बुलेन्स चालकलाई पनि प्रदान गरिने बताए। गाउँपालिकासँग पहिले नै केही थान रहेकाे र अहिले २० थान प्राप्त भएपछि सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई समेत पुग्ने बताए। तर पर्याप्त माक्स र सेनेटाइजरकाे भने अझै अभाव रहेकाे उनले बताए ।

थर्मलगन र मास्क पठाउने तयारी

सासंद विष्टले जिल्लामा अभाव रहेकाे थर्मल गन र मास्क पनि पठाउने तयारी गरेका छन् । ज्वराे नाप्न प्रयाेग गरिने थर्मल गन ५० वटा र काेराेनाबाट वचन अत्यावश्यक हुने मास्क २५ हजार वटा पठाउन लागिएकाे विष्टका सचिवालय सदस्य मदन खनालले जानकारी दिए । पूर्व श्रम मन्त्री समेत रहेका विष्टले अहिले सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, पार्टीका अगुवा कार्यक्रता लगायतलाई फाेन गरि जिल्लामा राहत वितरणकाे अवस्थाबारे जानकारी लिइरहेकाे खनालले बताए।

SHARE