
रामकृष्ण कडेल,
चैत्र २८ ,गुल्मी : गुल्मीदरबार गाउपालिकाले बिहिबार फेरि ५ जना पुरुष लाइ नियन्त्रणमा लिएको छ ।गुल्मिदरबार गाउपालिका वडा नम्बर ३ गौडाकोट राजामा लकडाउन उन्लङ्घन गरेको भन्दै स्थानिय र गुल्मिदरबार गाउपालिकाको सक्रियतामा बिहिबार राति पुन थप ५ जना लाइ नियन्त्रण मा लिएको छ ।
यस अघि मङ्गलवार भारतको मुम्बै र बुटबल बाट आएका ६ जनालाइ नियन्त्रणमा लिएको थियो । बिहिवार राति पर्वत बाट बाग्लुङ्ग हुदै दाङ जादै गरेका २ जना र सल्यान तर्फ जादै गरेका ३ जना गरि कुल ५ जना पुरुष लाइ नियन्त्रणमा लिइ स्वास्थ्यकर्मिको आरआरटि टिम पुगि इन्फारेड थर्मोमिटर बाट तापक्रम मापन तथा सामान्य स्वास्थ्य चेकजाच गरि सदरमुकाम तर्फ पठाइएको छ । नियन्त्रित ब्याक्तिहरु ले २ जनाले दाङ जिल्ला तुल्सिपुर नगरपालिका वडा नम्बर ८ र ३ जनाले सल्यान जिल्ला कपुरकोट गाउपालिका वडा नम्बर ४ स्थायि घर तर्फ जादै गरेको बताएका छ्न ।गुल्मिदरबार गाउपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले जिल्ला प्रशासन कार्यालय गुल्मि र रेसुङ्गा नगरपालिका सङ्ग समन्वय गरि निजहरु लाइ तमघास स्थित महेन्द्र माध्यमिक बिध्यालयमा रहेको क्वारेन्टाइनमा पठाइएको बताउनु भएको छ ।
गुल्मिदरबार गाउपालिकाको एम्बुलेन्समा राखि तमघास पुर्याइ सकिएको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताउनु भएको छ। उनिहरुको अहिलेको अवस्था सामान्य रहेको पनि बताइएको छ । पक्राउ परेका पाचै जना तिन दिन अघि पर्वत कुस्मा बाट पैदल हिडि आज गुल्मि आइपुगेको बताएका छ्न । उनिहरु पर्वतमा बिध्यालय निर्माण कार्यमा लेवरको रुपमा खटिएको र अहिले देशैभर लकडाउन भएको र निर्माण कार्य रोकिएकोले आफ्नो घरमा जान लागेको बताएका छ्न ।








