गाउँको दुःखमा लायन्स क्लव : इस्मा गाउँपालिकामा राहत सामग्री प्रदान

0
479

टोपलाल अर्याल
गुल्मी, २७ चैत : लायन्स क्लव अफ वुटवल सिटी इस्मा गाउँपालिकामा राहत बोकेर आएको छ । यो निकै उदाहरणीय काम हो । जसले  गाउँपालिकालाई साथ मिलेको छ । कोरोना संक्रमणको कारण लकडाउन बढ्दै गएकाले आउन सक्ने खाद्य संकटलाई टार्न राहत सामग्री लिएर आएको क्लवमा निर्देशक कृष्ण बहादुर जिसीले बताए ।

क्लवका निर्देशक तथा राहत वितरण समिति संयोजक कृष्ण बहादुर जिसी, क्लवका पुर्व अध्यक्ष धर्मबिर खत्रीले राहत सामग्री गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत नारायण महत र वडाध्यक्ष कलानिधी भण्डारीलाई प्रदान गरेका थिए । क्लवले आठ सय ७५ किलो चामल, ९० किलो दाल, ४० लिटर तेल, ५० किलो नुन र तीन सय पिस माक्स प्रदान गरेको निर्देशक जिसीले जानकारी दिए । उनले आफुहरुले सवै ठाउँमा काम गर्नुपर्ने भए पनि आफ्नै गाउँलाई प्राथमिकतामा राखेर आएको बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले सवैको सहयोग र समन्वयले मात्रै बिपद्को सामना गर्न सकिने भएकाले क्लवले प्रदान गरेको सहयोग प्रति हार्दिक आभार प्रकट गरे । उनले गाउँपालिकाले बिपद् व्यावस्थापन खाता निर्माण गरेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरे । गाउँपालिका उपप्रमुख बिमला खत्रीले इस्मा जन्मेर कर्मभुमि बाहिर बनाएकाहरुलाई कृष्ण बहादुर जिसीले समाजसेवाको नमुना देखाएकोमा प्रसंसा गरिन् । ‘कैयन गर्नसक्ने व्यक्तिहरु गाउँपालिका र जनप्रतिनिधीको कम्मेन्ट गर्न सामाजिक संजाल कुरेरै बसेका छन्,’उनले भनिन,‘मान्छे चिन्ने र समय बिपद्मा रहेछ ।’

SHARE