गोकर्ण बिष्टले जिल्ला पठाए ३ सय पिपिइ

0
360

टोपलाल अर्याल
गुल्मी, २७ चैत : गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्टले गुल्मी जिल्लाका लागि तीन सय थान पिपिइ पठाएका छन् । पछिल्ला सयम कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएको छ । तर जिल्लामा काम गर्ने स्वास्थ्यकर्मीहरु पिपिइको अभावमा जोखिम मोलेरै स्वास्थ्य सेवा प्रबाह गर्न बाध्य छन् । कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन निकै कसरत गरेर पिपिइ पठाइएको बिष्टले बताए ।

उनले सवै पिपिइ प्रमुख जिल्ला अधिकारी मार्फत आवश्यकताको आधारमा जिल्लाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पु¥याउने बताए । ‘देशकै परिस्थतीसंग कसरी जुध्ने निकै गम्भीर भएका छौ, त्यो माथि जिल्लाको बिषयमा पनि प्रशासन र स्थानीय तहसंग छलफल र संवाद गरेको छु,’उनले भने,‘थप सजकता र समन्वयका खाँचो छ ।’ बिष्टको सचिवालयले जिल्लाका स्थानीय तहहरुसंग समन्वय गरेर सहयोग गरिरहेको छ ।

स्वास्थ्य सामग्रीको चरम संकटका बेला पनि गुल्मी क्षेत्र नं २ का विभिन्न स्थानीय तहहरुमा एक सय ८० सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको पुर्व मन्त्री गोकर्ण बिष्टका स्वकीय सचिव रमेश काउछाले बताए । उनले अझै पनि आफू लगायत थुप्रै व्यक्तिहरुले काठमाण्डौमा समन्वय गरेर जिल्लाको अभावमा सहयोग गर्ने बताए ।

SHARE