पतन्जली योग पिठद्धारा रामपुर र चापाकोट नगरपालिकालाई साबुन सहयोग

0
580

सुशीला रेग्मी

रामपुर (पाल्पा), २७ चैत  : पतन्जली योग पिठ नेपालले रामपुर र चापाकोट नगरपालिकालाई दुई लाख ६० हजार बराबरको साबुन उपलब्ध गराएको छ ।

बोसो रहित स्वास्थ्यलाई फाइदाजनक हल्दिचन्दन, पन्चकव्य, एल्लोभेरा, निमको मिश्रणबाट बनेको एक सय ५० कार्टुन साबुन सहयोग गरेको छ ।

पाल्पाको रामपुर नगरपालिकालाई रु एक लाख ३० हजार बराबरको ७५ कार्टुन र स्याङ्गजाको चापाकोट नगरपालिकालाई पनि रु एक लाख ३० हजार बराबरको ७५ कार्टुन साबुन सहयोग गरिएको पतन्जली आयुर्वेद केन्द्र प्रालि नेपालका निर्देशक पवमान सुवेदीले जानकारी दिनुभयो ।

“विभिन्न जडिबुटीबाट उत्पादित साबुन कोरना भाइरस सङ्क्रमणका बेला प्रयोग गर्न अति उत्तम हुने भएकोले दुई नगरपालिकालाई साबुन सहयोग गरेका हौँ” सुवेदीले भन्नुभयो ।

हातमुख धुन, नुहाउन प्रयोग गरिने साबुन नगरपालिकालाई प्रदान गरिएको हो । हल्दिचन्दन, पन्चकव्य, एल्लोभेरा, निमको मिश्रणबाट बनेको हुदा एक पटक प्रयोग गरेकाले पुनः साबुन खोजी खोजी लैजाने गरेको पतन्जली योग पिठ रामपुरका संयोजक तथा पतन्जली सामानका बिक्रेता दामोदर भण्डारी बताउनुहुन्छ ।

नगरपालिका भित्र रहेका रामपुर अस्पताल लगायतका सबै सरकारी स्वास्थ्य संस्था, क्वारेन्टाइन कक्षमा बसेका नागरिक, असहायका लागि साबुन वितरण गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

स्वास्थ्य संस्थालाई जिम्मा दिएर सेवा लिन जाने सेवाग्राही बिरामीलाई वितरण गर्ने तयारी गरेको नगर प्रमुख थापाको भनाई छ ।

SHARE