मृतक छात्रालाई देखेर ९ जना बेहोस

0
400

पाल्पा। जिल्लाको रम्भा गाउँपालिकामा एक जना छात्राको एक्कासी बेहोसपछि मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालय रम्भा गाउँपालिका ताहुँमा कक्षा १० मा अध्ययनरत कमला फाल बुधवार बिहान पौने ८ बजे ट्युसन पढ्न आउने क्रममा विद्यालयकै नजिकै एक्कासी बेहोस भएको विद्यालयले जनाएको छ । बेहोसपछि उनका ९ जना सहपाठी साथीहरु समेत रुदाँ रुदै बेहोस भएका छन् ।

बेहोस भएकी छात्रा फालको प्राथमिक स्वास्थय केन्द्र ताहुँमा उपचार सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज पठाइएको विद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताउनुभयो । उनको लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै निधन भएको अर्यालले जानकारी दिनुभयो ।

कमला बाटोमै बेहोस भएको देखेपछि उनका ९ साथीहरु पनि बेहोस भएका छन् । उनीहरु मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

जनतासमाचारबाट

SHARE