इस्मामा बाहिरबाट कोहि आए सिधै क्वारेन्टाइन ,आजै ९ जना क्वारेन्टानमा राखियो

0
498

टोपलाल अर्याल
गुल्मी, २६ चैत : इस्मा गाउँपालिकाले लक डाउनलाई थप कडाई गर्दै गएको छ । अब इस्मामा बाहिरबाट कोहि आए सिधै क्वारेन्टाइनमा राखिने छ । इस्माको प्रमुख नाका छल्दी पनाहमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्स राखिएको छ ।

बुधबार बुटवल हुँदै आएका चार महिला र पाँच पुरुषलाई हेल्थ हेक्सबाट क्वारेन्टाइनमा राखिएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । खत्रीका अनुसार नौ जनानै इस्मा गाउँपालिका २ हस्तिचौरका हुन् । उनीहरुले वुटवलमा काम गर्ने बताए पनि भारतबाट आएको हुनसक्ने आशंका गरिएको खत्रीले बताइन् ।

स्वदेश वा प्रदेश जहाँबाट आए पनि अब क्वारेन्टाइनमा बस्नुको बिकल्प नभएकाले बताउँदै पालुखा माविमा १० वेडको क्वारेन्टाइन निर्माण गरेर तिनीहरुलाई व्यावस्थापन गरिएको उपप्रमुख खत्रीले बताइन् । उनले अहिले पनि लुकेर मानिसहरु गाउँ छिरेकाले क्वारेन्टाइनको क्षमता बढाएर छल्दी पनाहमै राखिने बताइन् । अहिलेको निर्माण गरिएको साथै क्षमता बिस्तार गरिने क्वारेन्टानको व्यावस्थापन गर्न वडाध्यक्ष टीका बहादुर रेश्मीको संयोजकत्वमा व्यावस्थापन समिति गठन गरिएको छ । समितिमा स्थानीय राजनैतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत छन् ।

समितिले अब नाकामा चेकजाँच कडा पार्ने, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र उनीहरुको खानपान तथा स्वास्थ्य परिक्षणको व्यावस्था मिलाउने वडाध्यक्ष रेश्मीले बताए ।

SHARE