मदानेका ७७० विपन्न परिवारलाई राहत

0
606

हुमाकान्त पाेखरेल,

गुल्मी २६ चैत   :जिल्लाकाे मदाने गाउँपालिकाले विपन्न तथा मजदुर परिवारकाे लागि राहतस्वरूप खाध्य सामग्री वितरण कार्य सुरू गरेकाे छ ।

गाउँपालिकाले बुधबारदेखि विपन्न परिवारकाे लागि चामल, दाल, नुन, तेल लगायतका खाध्य सामग्री वितरण गर्न सुरू गरेकाे हाे । बुधबार गाउँपालिकाका सातवटा वडाका विपन्न नागरिकलाई राहत प्रदान गरिएकाे गाउँपालिकाका सूचना अधिकारी ऋषि पाेखरेलले जानकारी दिए । जसअन्तरगत वडा नम्बर १ अग्लुङका ११५, ३ सिर्सेनीका ११४, ४ म्यालपाेखरिका १०८ परिवारलाई राहत प्रदान गरिएको छ । त्यस्तै वडा नम्बर ५ मलागिरीका ११६, ६ पुर्काेट दहका १०६ तथा वडा नम्बर ७ भनभनेका १११ मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरिएकाे पाेखरेलले बताए । वडा नम्बर २ बाँझकटेरीका एक सय परिवारलाई भने बिहिवार प्रदान गरिने गाउँपालिकाले जनाएकाे छ ।

गाँउपालिकाले ३० किलाे चामल, तीन किलाे दाल, नुन, चिनि र दाल दुई/दुई किलाे तथा चारवटा साबुन प्रदान गरिएकाे गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् । बाँकि वडामा बिहिवार राहत प्रदान गरिने उनले बताइन् । संघिय सरकारले बनाएकाे कार्यविधिअनुसार गाउँपालिकाले राहत वितरण गरेकाे जनाएकाे छ । प्रत्येक वडामा सर्वदलीय बैठकबाट छनाेट भएका व्यक्तिहरूलाई राहत प्रदान गरिएकाे हाे ।

SHARE