मदाने गाउँपालिकामा १७ लाख ५० हजारको खाध्यन्न बितरण

0
902

तिलाचन पाण्डे
चैत २६,२०७६ गुल्मी :  जिल्लाको मदाने गाउँपालिकाले गाउँपालिका भित्रका अति बिपन्न सात सय ७० परिवारलाई १७ लाख ५० हजारको खाध्यन्न बितरण गरेको छ ।
गाउँपालिकाले सिर्सेनीका ११४ , म्यालपोखरीका १०८ , मलागिरीका ११६, भनभनेका १११, अग्लुङका ११५, बाझँकटेरीका १००, पुर्कोटका १०६ परिवारलाई खाध्यन्न बितरण गरेको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए । पोखरेललका अनुसार प्रति घरपरिवार ३० किलो चामल , दाल ३ किलो , नुन २ किलो , खानेतेल २ लिटर , चिनी २ किलो र ४ वटा साबुन बितरण गरेको जानकारी दिए ।
देश लकडाउनमा रहेका बेला दैनिक मजदुरी गरेर खानेहरुका लागि खाध्यन्न समस्या भएको र उनीहरुको साथमा गाउँपालिका रहेको भन्दै खाध्यन्न बितरण गरेको गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले लकडाउनलाई प्रभाबकारी बनाउनका लागि कोही ब्याक्ति घरबाहिर ननिस्कन र स्वास्थ्यमा केही समस्या परे तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ ।

SHARE