इस्मा गाउँपालिकाका नाकाहरुमा बेरियल, गस्ती र युवा परिचालन

0
363

टोपलाल अर्याल
गुल्मी, २५ चैत : नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि विभिन्न ठाउँमा लकडाउनलाई थप व्यवस्थित बनाउन थालिएको छ । गुल्मीको इस्मा गाउँपालिका ५ इस्मा रजस्थलले वडाका सात नाकामा स्वयसेवक परिचालन गर्ने निर्णय गरेको छ । वडाध्यक्ष कलानिधी भण्डारीको अध्यक्षतामा बसेको शिक्षक, कर्मचारी र लेन्थवर्करहरुको भेलाले नाकाहरुमा पालैपालो काम गर्ने गरि स्वयमसेवक दस्ता गठन गरेको हो । भने शिक्षक राम बहादुर बिष्टको संयोजकत्वमा मोवाइल टोली समेत गठन गरेको छ । शंकरप्रसाद गैरै र गंगा बहादुर बिष्ट क्षेत्री मोवाइल टोलीका सदस्य रहेका छन् । वडाभित्रका हुलाके आमबोट, टोटेचौर, कुखुरेखोला, सिरार, चुँदारखोला, डाँडीपोखरी र फेदीफाँटका नाकामा स्वयसेवक परिचालन गर्ने र सरकारले तोकेका बाहेक अन्य कुनै व्यक्ति वा सवारी साधनलाई आवत–जावत गर्न नदिने निर्णय भेलाले गरेको मोवाइल टोलीका संयोजक बिष्टले जानकारी दिए ।

मुख्य नाकामा बेरियल र गस्ती
इस्मा गाउँपालिकाले मुख्य नाका छल्दी पनाह, रामकोट, कुख्रेखोला २ स्थान, चोरकाटे र हुलाकेमा बेरियल निर्माण गरेर मानिस तथा सवारी साधनको आउ–जाउमा कडाई गरेको छ । अब वडा जोड्ने अन्य सडकहरुमा पनि बेरियल निर्माण गरेर थप व्यवस्थित गरिने इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । साथै लकडाउन व्यवस्थित गर्न मोवाइल गस्ती टोली बनाइएको छ । इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारी नेतृत्वमा स्वास्थ्यकर्मी र कर्मचारीसहितको टोली दैनिक दिनरात गस्ती गर्ने, नियम उल्ङघन गरेर अनावश्य सडकमा हिडने, सवारी चलाउने, पसल खोल्ने तथा मदिरा बिक्री वितरण र सेवन गर्नेहरुलाई कारबाही गरिएको खत्रीले बताइन् । सोमबार राति गस्ती टोलीले इस्मा गाउँपालिकाका रातडाँडा, रातचौर र बुल्मका विभिन्न पसलहरुमा मदिरा बिक्री गरिरहेको, सेवन गरेर होहल्ला गरिरहेका सूचनाको आधारमा छापा मारेर मदिरा नष्ट गर्नुका साथै कारबाही गरिएको गस्ती टोली संयोजक मोहलनलाल अधिकारीले जानकारी दिए । आइतबार र सोमबार मात्रै लक डाउन उल्ङघन गर्ने १५ जना युवाहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिएको अधिकारीले बताए ।

 

SHARE