एम्बुलेन्स चालकलाई प्रशिक्षण संगै पिपिई

0
839

तिलाचन पाण्डे
चैत२५,२०७६ गुल्मी  : गुल्मीमा एम्बुलेन्स चालकहरुलाई आबश्यक प्रशिक्षण , मनोपरामर्श संगै स्वास्थ्य सामग्री पिपिई बितरण गरिएको छ ।
सोमबार स्वास्थ्य कार्यलय गुल्मी र गुल्मी अस्पतालको समन्वयमा जिल्ला प्रशासन कार्यलय गुल्मीमा सदरमुकाम तम्घासमा रहेका ६ वटा एम्बुलेन्स चालकहरुलाई आबश्यक प्रशिक्षण संगै स्वास्थ्य सामग्री पिपिई बितरण गरिएको हो । यस समय अबधिमा चालकहरुलाई पीपीई संगै स्वास्थ्य सुरक्षा र मनोपरामर्श सम्बन्धी प्रशिक्षण दिइएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।
बिरामीहरुलाई स्वास्थ्य संस्था सम्म लैजाने एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सुरक्षा , प्रशिक्षण संगै पिपिई लगायत आवश्यक सामग्री बितरण गरिएको र चालकहरु सुरक्षित रहेमा मात्र बिरामीहरुलाई स्वास्थ्य संस्था सम्म पुर्याउन सकिने भएकाले एम्बुलेन्स चालकहरुलाई प्रशिक्षण संगै पिपिई बितरण गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
साथै जिल्लामा रहेका ३८ वटा एम्बुलेन्सहरुलाई जुनसुकै समयमा पनि आवश्यक पर्ने भएकाले तयारी अबस्थामा राखिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । जिल्लामा रहेका ३८ वटै एम्बुलेन्स चालकहरुलाई प्रशिक्षण संगै स्वास्थ्य सामग्री बितरण गरिने पाण्डेले दाबी गरे ।

SHARE