लकडाउनलाई प्रभाबकारी बनाउन झोलुङ्गे पुलमा बार

0
603

तिलाचन पाण्डे
चैत २४,२०७६ गुल्मी  :  गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट र पर्बतको बिहादी गाउँपालिकाको इमिचौर जोडने झोलुङ्गे पुलमा बार लगाइएको छ ।
लकडाउनलाई प्रभाबकारी बनाउन र मानबहरुको आवतजावतमा रोक लगाई भिडभाड कम गर्नका लागि पुललाई बन्द गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । थापाका अनुसार त्यस झोलुङ्गे पुलबाट आवत जावत धेरै हुने भएकाले र लकडाउनलाई पुर्ण रुपमा पालना गर्नका लागि यस्तो अभियान चालिएको दाबी गरे ।
यता पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले पर्बतका मान्छेहरु पर्बतमै बस्न र गुल्मीका मन्छेहरु गुल्मी तर्फनै बस्नका लागि पुलमा दुबै तर्फबाट बार लगाइएको बताए । भुसालले लकडाउनको अबधिसम्म दुबै तर्फको बारलाई जारी राख्ने लकडाउनलाई पुर्ण रुपमा पालना गर्नका लागि यस्तो कार्य गरिएको बताए । त्यस पुलबाट मान्छेहरु मात्र हिड्ने भएकाले त्यस्तो समस्या केही नपर्ने र बिरामीहरु बेक्नका लागि दुबै तर्फका मोटरेबाटाहरु भएकाले लकडाउनलाई पुर्ण रुपमा पालना गर्ने दाबी गरे ।

SHARE