बिकास र समृद्धि अहिलेको मुख्य एजेन्डा : मुख्यमन्त्री पोखरेल

0
973

तिलाचन पाण्डे
भदौ ११ , २०७६ गुल्मी : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको बताएका छन् । बुधबार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको नबनिर्मित भबनको उदघाटन गर्दै पोखरेलले नेपाललमा संघियता आइसकेपछि आमुल परिवर्तन भएकोले देश विकासको बाटोमा अगाडि बढेको दाबी गरे । युवाहरुलाई कृषिमार्फत रोजगारि सिर्जना गर्ने, तीन बर्ष भित्र आधारभुत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा सोलार बितरण गर्ने लगायतका योजना रहेको जानकारी दिए । त्यसका साथै उनले तम्घास सालझण्डी तम्घास सडक, स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्म पुग्ने मोटर बाटो पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएको बताए । आगामी बर्ष जेठ मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक बृद्धि दर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि र उधोग मार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको बताए ।
सबैभन्दा धेरै कानुन प्रदेश पाँचले बनाएको, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको लगायतका काम गरेको दाबी गरे ।
धुर्काेट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । आव २०७४। ७५ मा सुरू भएको भवन निर्माण कार्य आव २०७५।७६ मा सम्पन्न भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

SHARE