एक वडाबाट अर्काे वडामा जान नपाइने

0
1138

हुमाकान्त पाेखरेल,

गुल्मी २४ चैत :  जिल्लाकाे धुर्काेट गाँउपालिकाले एक वडाबाट अर्काे वडामा जान नपाइने नियम बनाएकाे छ । साेमबार बसेकाे विपद् व्यवस्थापन समितिकाे बैठकले काेराेना संक्रमणबाट वच्न गाँउपालिका भित्रका एक वडाबाट अर्काे वडामा जान नपाइने निर्णय गरेकाे हाे ।

दैनिक कृषि कर्म, खाध्यान्न लगायतका अत्यावश्य काममा भने जान पाइने गाँउपालिकाले जनाएकाे छ । तर त्यसरी जानुपरे अनिवार्य रूपमा गाँउपालिका वा वडाकाे अनुमति भने अावश्यक पर्नेछ । विश्वभर फैलिएकाे काेराेना भाइरसबाट बच्ने भरपर्दो उपाय अनुशासित भई लकडाउनकाे पालना गर्नु भएकाेले यस्ताे निर्णय गरिएकाे गाँउपालिका अध्यक्ष भुपाल पाेखरेलले जानकारी दिए । प्रत्येक वडामा अधिकारसहित खटाइएका स्वयम्सेवकमार्फत नागरिककाे निगरानी गरिनेछ ।

सरकारले नै थप एक हप्ता लकडाउन गरिसकेकाे अवस्थामा त्यसकाे कार्यान्वयन गराउने केही दायित्व स्थानीय तहमा थियाे । सरकारले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाइने निर्णय गरेकाे छ । तर धुर्काेटले वडाबाट बाहिर जान नपाइने गरि नियम बनाएकाे छ । साथै बैठकले काेराेना संक्रमित मुलुकबाट अाउने नागरिकहरू अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नुपर्ने समेत निर्णय गरेकाे छ । यदि उक्त निर्णयकाे कहि कतैबाट उल्लघंन भएमा कडा कारवाहि गरिने गाँउपालिकाले जनाएकाे छ ।

SHARE