क्वारेन्टाइन निर्माणकाे लागि आर्थिक सहयाेग

0
717
हुमाकान्त पाेखरेल, गुल्मी २४ चैत  : गुल्मीमा क्वारेन्टाइन कक्ष स्थापना गर्नकाे लागि आर्थिक सहयाेग उपलब्ध भएकाे छ । जिल्लाकाे मालिका गाँउपालिका वडा नम्बर १ नेटाका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष महेन्द्र विश्वकर्माकाे पहलमा उक्त वडामा क्वारेन्टाइन निर्माणकाे लागि ३८ हजार आर्थिक सहयाेग भएकाे हाे ।
जसअनुसार स्वयम् विश्वकर्माले १३ हजार, मालिका १ निवासी वीर बहादुर सुनारले १५ हजार तथा उर्वती फाैजा मगरले १० हजार प्रदान गरेका छन् । काेराेना महामारीसँग जुध्न सबैकाे सक्दाे सहयाेग अावश्यक रहेकाे हुनाले अाफुहरूले सहयाेग गरेकाे सहयाेगदाताले बताएका छन् । रकम प्राप्त भएसँगै नेटामा देशका विभिन्न सहर तथा विदेशबाट अाउनेहरूकाे लागि क्वारेन्टाइन कक्ष स्थापना गरिएकाे छ । अहिले मालिका गाँउपालिकामा कुल ६० वटा क्वारेन्टाइन कक्ष छन् । जसमध्ये वडा नम्बर १ नेटाकाे अमर माविमा नाै वटा रहेका छन् ।
त्यस्तै वडा नम्बर २ काे नेटादर्लिङ मावि र वडा नम्बर ६ अर्जैकाे अर्जै प्राविमा १०/१० वटा, वडा नम्बर ५ छापकाे जमलपाेखरा माविमा अाठवटा, वडा नम्बर ७ घमिरकाे देवस्थान माविमा १२ वटा तथा वडा नम्बर ८ मालिकाकाे मालिका माविमा ११ वटा क्वारेन्टाइन कक्ष निर्माण गरिएकाे गाँउपालिकाका प्रवक्ता शाेभाखर गिरीले जानकारी दिए । गाँउपालिकाकाे केन्द्र अर्खबाङ्गमा १५ शैयाकाे अाइसुलेशन कक्ष पनि स्थापना गरिएकाे छ भने भारतबाट अाएका १० जनालाई क्वारेन्टाइनमा राखिएकाे प्रवक्ता गिरीले जानकारी दिए ।

 

SHARE