गुल्मीमा भारतबाट मात्रै एक हजार ५७१ जना भित्रिए , ६० जना क्वारेन्टाइनमा

0
646

तिलाचन पाण्डे
चैत २४,२०७६ गुल्मी  :  गुल्मीमा चैतको सुरु देखी ११ गतेसम्म भारतबाट मात्रै एक हजार ५७१ जना गुल्मी भित्रिएको जिल्ला प्रशासन कार्यलय गुल्मीको तथ्याकंमा उल्लेख छ ।
यो संगै भारत बाहेक १५३ जना अन्य तेस्रो देशबाट गुल्मी भित्रिए संगै चैत महिनाको सुरु देखि ११ गतेसम्म गुल्मी भित्रिनेको संख्या एक हजार ७२४ जना गुल्मी भित्रिएका छन् भने त्यी मध्ये ६० जना मात्र क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । ६० जना मध्ये गुल्मीदरवारमा ७ जना , मदानेमा ८ जना , धुर्कोटमा १० जना , इश्मामा १७ जना मालिकामा १० जना कालिगण्डकी गाउँपालिकामा ३ जना र मुसिकोट नगरपालिकामा ५ जना क्वारेन्टाइनमा बसेका छन् । ६० जना मध्ये ५३ जना पुरुष र ७ जना महिला रहेका छन् । अन्य गुल्मी भित्रिएकाहरुको स्वास्थ्यमा केही समस्या नभएको र उनीहरु सुरक्षित होम क्वारेन्टाइनमा रहेको भन्दै बिशेष निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा ३२ बेडको आइसुलेसन
जिल्लाका बिभिन्न स्थानमा गरी ३२ बेडको आइसुलेसन कक्ष निर्माण गरिएको छ । जसमध्ये गुल्मी अस्पतालमा ७ , उपल्लो तम्घासमा २० र रुरु प्राथमिक स्वास्थ्यकेन्द्रमा ५ वेडको आइसुलेसन कक्ष निर्माण गरिएको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए । पच्याका अनुसार एक जनालाई उच्च ज्वरो आएका कारण उपल्लो तम्घासमा रहेको आइसुलेसन कक्षमा राखी उपचार गरिएको र उनलाई टाइफाइड भएकाले डिस्चार्ज गरिएको जानकारी दिए ।

जिल्लामा ९८८ बेडको क्वारेन्टाइन
जिल्लाका २ नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहमा कुल ९८८ बेडको क्वारेन्टाइन निर्माण गरिएको जिल्लाका स्थानीय तहहरुले जनाएका छन् । जसमध्ये मदानेमा १६, रुरुमा ३० इश्मामा ३४,गुल्मीदरवारमा ३५ , कालीगण्डकीमा ११७ , धुर्कोटमा १३८, मालिकामा ८० ,चन्द्रकोटमा १४, सत्यवतीमा २३ , छत्रकोट गाउँपालिकामा १० , मुसिकोटमा ३३५,र रेसुंगा नगरपालिकामा १५६ बेडको क्वारेन्टाइन निर्माण गरिएका छन् ।
क्वारेन्टाइनमा बसेका ६ जना डिस्चार्ज
जिल्लाको कालीगण्डकी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वास्थ्यमा केही समस्या देखा नपरे पछि डिस्चार्ज गरिएको कालीगण्डकी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
देश लकडाउनमा रहेका बेला दैनिक ज्यालादारी गरेर खानेहरुका लागि समस्या हुन थालेको भन्दै जिल्लाका स्थानीय तहहरुले धमाधम राहत बितरण गर्न थालेका छन् । स्थानीय तहहरुले बिपन्नहरुको डाटा संकलन गरी सोही अनुसार दैनिक उपभोग्य बस्तुहरु बितरण गरेका छन् ।

SHARE