इस्मामा बरामद गरिएका मदिरा र अखाद्य वस्तु नष्ट

0
469

टोपलाल अर्याल
गुल्मी, २३ चैत  : इस्मा गाउँपालिकाले बरामद गरेका मदिरा र अखाद्य वस्तु नष्ट गरेको छ । केहि समय पहिले गाउँपालिकाले बजार अनुगमनको क्रममा फेला पारेको करिव ७० हजार बराबरको घरेलु तथा पलाष्टिकजन्य मदिरा, इजाजत विना बिक्री वितरण गरिएका मदिरा र म्याद सकिएका खाद्य वस्तुहरु बरामद गरिएको इस्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय नारायण महतले जानकारी दिए ।

शनिबार गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री, वडाध्यक्ष, कार्यपालिका सदस्य, इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारी लगायतको उपस्थितीमा नष्ट गरिएको महतले जानकारी दिए । गाउँपालिकाले एक बर्षदेखि मदिरा कार्यविधी निर्माण गरेर मदिरा बिक्री वितरण र सेवनमा कडाई गर्दै आएको छ । तोकिएको समयभन्दा बाहिर गएर मदिरा सेवन गरे एक हजार र बिक्री गरे पाँच हजार जरिवाना गर्ने व्यावस्था गरिएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् । उनले गाउँपालिकाभित्र मदिराका कारण हत्या, हिंसा र आत्महत्या समेत बढेकाले कार्यविधी निर्माण गरेर बिक्री वितरण र सेवनमा कडाई गरिएको खत्रीले बताइन् । उनले अझै पनि पूर्ण नियन्त्रण गर्न सवै दल र जनप्रतिनिधीहरुको एक मत नभएका कारण समस्या भएको गुनासो गरिन् । कोरोना संक्रमणको कारण अहिले देश लक डाउन गरिएको छ । जसका कारण आम मान्छे गाउँ छन् । मदिराको कारण अझै पनि झै–झगडा नरोकिएकाले यो अवस्थामा पनि आफुहरुले दुख पाइरहेको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकरीले बताए । दिउँसोमा कडाई गरेकाले रातिमा रक्सी सेवन गरेर लफडा गरेका घटनाहरु लकडाउनकै समयमा पनि आएको अधिकारीले बताए ।

SHARE