राहतको प्याकेज ल्याउन नेकपा सत्यवतीको स्थानीय सरकारलाई आग्रह

0
680

तिलाचन पाण्डे

चैत २२,२०७६ गुल्मी  :  नेपाल कम्युनिष्ट पार्टी नेकपा सत्यवती गाउँपालिकाले दैनिक ज्यालादारी गरेर साँझ बिहान खाने ब्याक्तिहरुका लागि राहातको प्याकेज ल्याउन गाउँपालिकालाई आग्रह गरेको छ ।
सचिब जितु तरामु मगर र अध्यक्ष ठगप्रसाद ज्ञवालीद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा देश लकडाउनमा रहेका बेला पालिका भित्र रहेका दैनिक ज्यालादारी , मजदुर , असाहय ,अशक्त , गरिब तथा बिपन्न परिवारका लागि न्यूनतम आवश्यकता परिपुर्ति गर्ने गरी राहतको प्याकेज ल्याउनका लागि स्थानीय सरकारसंग जोडदार माग गरेको छ ।
यस्तै सरकारले जारी गरेको लक डाउनलाई पुर्ण पालना गर्न र यस समयमा स्वास्थ्य सम्बन्धी केही समस्या परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै देश बिदेशबाट फर्किएकाहरुलाई अनिवार्य दूई हप्ता क्वारेन्टाइनमा बस्नका लागि पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
दैनिक रुपमा आवश्यक पर्ने खाध्यबस्तुहरुलाई ढुवानीमा पालिकाले समन्वय गरी सहज रुपमा उपलब्ध गराउन पनि पालिका समक्ष बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

SHARE