मुसिकोट नगरपालिकाले व्यापारीहरुसगं माग्यो खाद्य स्टकको बिवरण

0
616

सागर भण्डारी

चैत २१,२०७६ गुल्मी  : मुसिकोट नगरपालिका नगरकार्यपालिकाले पालिका भित्र रहेका बयापारीहरुसंग खाध्य स्टकको बिवरण माग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम एवम् विपत व्यवस्थापनका सम्बन्धमा छलफल गर्न बसको बैठकमा कारोना सतर्कताका लािग नगरपालिकाले गरेको तयारी, अहिलेसम्म भएका काम र त्यसको परिणामका बारेमा समिक्षा गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले दाबी गरे ।

बिहिवारको बैठकले लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी गर्नेहरु बढी प्रभावित बनेको भन्दै उनीहरुको सहज जीवन यापनका लागि राहत वितरण गर्न राहत कार्यवितरण कार्यविधि पारित गरेको छ ।

यसैबीच बिहिवारनै गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंसगं पनि मुसिकोट नगरपालिकाले कोरोनाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर थाल्नुपर्ने तयारीका विषयमा छलफल गरेको छ ।

आगामी ३ महिनाका लागि नगरभित्र खाद्य सुरक्षाको प्रत्याभूती गर्नका लागि नगरपालिकाले उद्योग वाणिज्य सघंसगं नगरपालिका भित्र रहेका व्यापारीहरुसगं रहेको खाद्य स्टकको माग गरेको छ ।

व्यापारीहरुसगं रहेको खाद्य स्टक कति छ र उक्त खाद्य सामाग्रीले कति समयसम्म खाद्यान्न पूर्ति गर्न सकिन्छ भन्ने जानकारी आएपछि खाद्यान्न स्टक अपुग भएमा नगरपालिकाले खाद्य आपूर्तिका लागि रणनीति तयार गरी ढुवानीमा सहजीकरण गर्ने नगरप्रमुख सापकोटाले जानकारी दिए । साथै नगरपालिकाले उद्योग वाणिज्यसघंलाई हालको बजार मूल्यको सूची पनि उपलब्ध गराउन आग्रह गरेको छ ।
यसैबीच कोरोना सक्रंमण अवधीभर निर्धारित मूल्यमा सामान उपलब्ध गराउन उद्योग वाणिज्य सघंले प्रतिबद्धता जनाएको सापकोटाले बताए । बजारमूल्य भन्दा बढी मूल्यमा विक्रीवितरण गरेको पाईएमा कारबाही सगैं मूल्य नियन्त्रणका लागि नगरपालिकाले आवश्यक पहल थाल्ने नगरप्रमुख सापकोटाले जानकारी दिए ।

यो विपतको समयावधिभित्र यदी कसैलाई खाद्य अभाव भएमा नगरपालिकाले लगत सकंलन गरी वितरण गर्ने उनको भनाई छ । खाद्यान्न अभावमा कोही पनि अलपत्र पर्न नपर्ने समेत बताए ।

त्यस्तै बिहिवार नै बसेको मुसिकोट नगरपालिका अन्तर्गतका सर्वदलीय सर्वपक्षीय बैठकले नगरपालिकाले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो विपदको घडीमा एक आपसका लड्ने नभई रोग सगं लड्ने समय भएकाले सबै मिलेर यसको पूर्व तैयारी थाल्नुपर्ने बताएका थिए ।

SHARE