हरेवाका अतिबिपन्न परिवारलाई खाध्यन्न

0
812

तिलाचन पाण्डे
चैत २१,२०७६ गुल्मी  :  चन्द्रकोट गाउँपालिकाको वडा नं ६ हरेवाका अति बिपन्न २० परिवारका लागि खाध्यन्न बितरण गरेको हरेवाका वडा अध्यक्ष गोकर्ण शर्माले जानकारी दिए ।
देश लकडाउनमा रहेका बेला दैनिक ज्यालादारी गरेर साँझ बिहान खानेहरुका लागि समस्या भएको भन्दै खाध्यन्न बितरण गरिएको हो । । शर्माका अनुसार वडा भित्र घरमा परिवार संख्याको आधारमा तीन सय १० किलो चामल , ५० किलो दाल ,२० किलो नुन , २० लिटर खानेतेल र ४१ पिस साबुन बितरण गरेको जानकारी दिए । खाध्यन्न बितरण कार्यमा चन्द्रकोट ६ हरेवा वडा कमिटी नेकपाको १० हजार र नेपाली काग्रेसले ५ हजार रुपैयाँ सहयोग गरेको वडा कार्यलयले जनाएको छ । हेरौ खाध्यन्न बितरण कार्यका केही तस्बिरहरु  :

SHARE