मदाने गाँउपालिकामा क्वारेनटाईनको निर्माण

0
613

चैत २१,२०७६ गुल्मी  : गुल्मीको मदाने गाँउपालिकाले दुई स्थानमा  क्वारेनटाईनको निर्माण गरीएको छ।

कोरोना भाईरस सङ्क्रमणको महामारी फैलिएकोअवस्थामा नेपाल सरकारले गरेको लकडाउनको अवस्थामा मदाने गाँउपालिका को पृथ्वी उच्च मा.वि पूर्कोटदहमा ११ वेडको क्वारेनटाईन निर्माण गरिएको छ, त्यसतै मदाने गाँउपालिका वडा नं. १ को अग्लुङ्ग मा.वि. मा ५ वेडको क्वारेनटाईन निर्माण गरिएको हो।

उक्त कोरोना भाईरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा नसरोस् भन्ने उदेश्यले निर्माण गरिएको  क्वारेनटाईनमा मदाने गाँउपालिका को पृथ्वी उच्च मा.वि. मा भारतबाट नेपाल फर्किएका ८ जनालाई राखिएको छ जस मध्ये मदाने गाँउपालिका वडा नं. ७ भनभनेका १ जना, मदाने गाँउपालिका वडा नं. ३ सिर्सेनीका १ जना, मदाने गाँउपालिका वडा नं. १ अग्लुङ्गका २ जना र मदाने गाँउपालिका वडा नं. २ बाँझकटेरीका ४ जना गरी जम्मा ८ जनालाई उक्त  क्वारेनटाईनमा राखिएको हो, भने मदाने गाँउपालिका वडा नं. १ अग्लुङ्गको  क्वारेनटाईन चैत १९ गते मात्र निर्माण गरिएकोले अहिले सम्म उक्त होम क्वारेनटाईन खाली रहेको छ भने मदाने गाँउपालिका को पृथ्वी उच्च मा.वि. को  क्वारेनटाईनमा बसेका ८ जनाको अवस्था अहिले सम्म सामान्य रहेको मदाने गाँउपालिका का प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी गराउनु भएको छ।

SHARE