गुल्मीका  १५३ बिपन्न परिवारलाई खाध्यन्न बितरण

0
1668

तिलाचन पाण्डे
चैत २०,२०७६ गुल्मी :  देश लकडाउनमा भइरहेका बेला गुल्मीमा अति बिपन्न १५३ परिवारका लागि खाध्यन्न बितरण गरिएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा ६ अर्जेका दैनिक ज्यालादारी गरेर साँझ बिहान खाने ७२ परिवारका लागि पहिलो चरणमा प्रति परिवार ३० किलो चामल , ३ किलो दाल , एक किलो नुन र एक लिटर तेल संगै मास्क पनि बितरण गरिएको अर्जेका वडा अध्यक्ष एवम मालिका गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए ।
गिरीका अनुसार गाउँपालिका भित्रका अति बिपन्न परिवारलाई खाध्यन्न बितरण गर्ने गरी गाउँपालिका लागेको र गाउँपालिका भित्रका जनताको सुख दुःखमा आफूहरु साथमा रहेको बताए ।

यस्तै चन्द्रकोट गाउँपालिकाको वडा नं ६ हरेवाका अति बिपन्न २० परिवारका लागि खाध्यन्न बितरण गरेको हरेवाका वडा अध्यक्ष गोकर्ण शर्माले जानकारी दिए । शर्माका अनुसार घरमा परिवार संखयाको आधारमा तीन सय १० किलो चामल , ५० किलो दाल ,२० किलो नुन , २० लिटर खानेतेल र ४१ पिस साबुन बितरण गरेको जानकारी दिए ।
यस्तै धुर्कोट गाउँपालिकाले वडा नं ७ वाग्लाका अति बिपन्न ६० परिवारका लागि प्रति परिवार २५ किलो चामल , ५ किलो आलु ,एक किलो नुन र एक लिटर खानेतेल बितरण गरिसकेको छ भने अति बिपन्नको डाटा अनुसार खाध्यन्न बितरणको कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

SHARE