भिरमा अडकिएकी एक महिलाको सकुशल उद्धार गरी क्वारेन्टाइनमा

0
331

चैत २०,२०७६ गुल्मी  : गुल्मीमा भिरमा अडकिएकी भारतको झारखण्ड घर बताउने ३० बर्षकी भुनाको भिरबाट सकुशल उद्धार गरी उनलाई मुसिकोट नगरपालिकाको रुद्धावती क्याम्पसमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नं ७ को अर्छुङको भिरमा अडकिएकी महिलाको सकुशल उद्धार गरिएको र उनको स्वास्थ्य अबस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
बुधबार साँझ करिब ६ बजेतिर भिरमा देखिएकी महिलाको आज बिहान नेपाली सेना , मुसिकोट नगरपालिका र प्रहरीले सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिनुभयो । हिजो राती र भिर भएकाले उनको उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ । उनी कसरी त्यहाँ पुगिन भन्ने बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

SHARE