रामपुरमा कुटपिट हुदा दुई घाइते, कुटपिटमा संलग्न चार प्रहरी नियन्त्रणमा

0
792

सुशीला रेग्मी

चैत २०, पाल्पा :पाल्पाको रामपुर नगरपालिका वडा नं १० माथिल्लो कुमाल गाउँमा कुटपिट हुदा दुई जना घाइते भएका छन् । बुधवार साँझ करिव ६ बजेको समयमा माथिल्लो कुमाल गाउँको एक भट्टी पसलमा कुटपिट हुदा दुई व्यक्ति घाइते भएका हुन् ।

माथिल्लो कुमाल गाउँ बस्ने वर्ष २५ का कृष्ण कुमाल र वर्ष २६ का भिमबहादुर कुमाल घाइते हुनुभएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार पश्चात् बिहिवार बिहान भिमबहादुरको अवस्था सामान्य रहेकाले मेडिकल कलेजले उहाँलाई डिस्जार्च गरेको छ ।

अर्का घाइते कृष्ण कुमालको टाउकोमा चोट लागेकाले थप उपचारका लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा झै झगडा हुदा कुटपिट भएको हो । कुटपिट गर्ने चार जनालाई हुँगी प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ ।

पक्राउ पर्नेमा तल्लो कुमाल गाउँका वर्ष २२ का कृष्णबहादुर कुमाल, २४ वर्षीय अशोक कुमाल, २३ वर्षीय दिलबहादुर कुमाल र १८ वर्षका एक जना बालक रहेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

SHARE