
हुमाकान्त पोखरेल :
अहिले सिङ्गो विश्व कोरोनाले त्रसित छ । अहिलेसम्म ४३ हजारभन्दा धेरै मानिसको मृत्यु भयो । लाखौं मानिसहरु मृत्युसँग जुधिरहेका छन् । सामान्य सर्वसाधारण मात्र होइन्, कोरोना रोग पत्ता लगाउने डाक्टरले समेत कोरोनाकै कारण ज्यान गुमाउनुप¥र्यो । अझै पनि विश्वका हजारौं स्वास्थ्यकर्मी समेत कोरोनाको उच्च जोखिममा छन् ।
कोरोना हाम्रो छिमेकी देश चीनबाट सुरु भएको सर्वविदितै छ । पछि भारत हुँदै पानीजहाज र कैयौं देशहरुमा यो भाइरस फैलिसकेपछि विश्व स्वास्थ्य संगठनले समेत नेपाल उच्च जोखिममा रहेको भन्दै सचेत हुन आग्रह ग¥र्यो । हाल नेपालका पाचँजनालाई कोरोनाले छोइसकेको छ । सरकारले कोरोना नियन्त्रणको लागि काम गरेको जनाएको छ । जसले गर्दा अहिले नागरिकहरुले नेपालका तीन तहका सरकारको कामको मुल्याकंन गर्ने बेला भएको छ ।
संघिय सरकारका आशालाग्दा काम
संघिय सरकारले कोरोनाको नियन्त्रणमा केहि महत्वपूर्ण कदमहरु चालेको छ । सरकारले सर्वप्रथम चीनबाट नेपाली विद्यार्थीहरुको उद्धार गरी स्वदेशमै १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलायो । यो विषयले आम नेपाली नागरिकहरुमा सरकारप्रति सकारात्मक धारणा निर्माण भयो । सरकारले अघिल्लो दिन एसईई स्थगित गर्ने निर्णय ग¥र्यो । तत्कालिन समयमा धेरैले सरकारप्रति धेरै किसिमबाट धारणा बनाएपनि अहिले भने सरकारको निर्णय सहि सावित भएको छ । सरकारले समयमै गरेको निर्णयबाट अहिले लाखौं नागरिक संक्रमित हुनबाट जोगिएका छन् । सरकारले सबै सिमा नाका बन्द गर्ने निर्णय ग¥र्यो । साथै अन्तराष्ट्रिय हवाई उडान पनि बन्द ग¥र्यो । यो कोरोना नियन्त्रणका लागि गरिएको महत्वपूर्ण काम हो । सरकारले नागरिकका लागि सिङ्गो नेपाल ‘लकडाउन’ गर्ने निर्णय ग¥र्यो । यो निकै चुनौतिको विषय थियो । तर सफल भयो । अहिले संसारका धेरै मुलुक ‘लकडाउन’ मा छन् । नेपालमा पिपिई लगायतका स्वास्थ्य सामग्रीको अभाव थियो । जसले गर्दा स्वास्थ्यकर्मीहरुमा निराशा छाएको थियो । तर सरकारले ढिलै भएपनि खरिद गरेर राम्रो काम गरेको छ । त्यस्तै घर–घरमै खाद्यान्न, निजि विद्यालयहरुलाई एक महिनाको शुल्क मिनाहा गर्न आग्रह, घरबेटीलाई एक महिनाको भाडा छुट गर्न आग्रह, व्याजदर, शुल्क छुट लगायतका थुप्रै विषयहरुमा सरकारले राहतका कार्यक्रम घोषणा गरेको छ । जुन सकारात्मक र नागरिकको पक्षमा छन् ।
संघिय सरकारले गर्न नसकेका काम
देशमा कोरोनासँग जुध्नको लागि प्रशस्त समय थियो । तर पनि सरकारले कतिपय कुराहरुमा ढिलाई गरेको छ । जसले गर्दा जनतामा निराशा छाएको छ । छिमेकी राष्ट्र चीनमा कोरोनाको पुष्टि हुँदा नेपालले त्यससम्बन्धि पूर्व तयारी गरेन । गर्नुपथ्र्यो । यो जनताका लागि सानो काम गरेर मन जित्ने समय हो । सरकारले कोरोना संक्रमित मुलुक भारतबाट आउने श्रमिकहरुको व्यवस्थापन गर्नेसम्बन्धि कार्यविधि बनाउनुपथ्र्यो । बनाएन । जसले गर्दा भारतबाट आएका मजदुर नेपालका गाउँगाउँ पुगेका छन् । आम नागरिकमा त्रास फैलिएको छ । चीर र भारतमा कोरोना फैलिदा नै नेपालमा क्वारेन्टाइन निर्माण र संचालनसम्बन्धि कार्यविधि बनाउनुपथ्र्यो । तर ढिला ग¥र्यो । अहिले सरकाले चीनबाट स्वास्थ्य सामग्री ग¥र्यो । तर अनियमितता भएको समाचार आए । विपद्को यो समयमा स्वास्थ्य सामग्री खरिद्मा कमिशनतिर लाग्नु असल नेतृत्व होइन् । नेपालका जिम्मेवार मन्त्रीहरु नै मनलाग्दी बोल्दै हिडे । स्वयम् स्वास्थ्य मन्त्रीले मिडिया र नागरिकभन्दा घरमा आएका पाहुनालाई महत्व दिने अभिव्यक्ति दिनु, पर्यटनमन्त्रीले ‘नेपाल कोरोना फ्रि’ देश हो भन्नु गलत थिए । त्यस्तै सरकारले प्रदेश र स्थानीय तहसँग पनि समन्वय गरी काम गर्नुपथ्र्यो । अहिले कोरोनाको डरमा थुप्रै निजि अस्पतालहरुले बिरामीहरुको उपचार गरेका छैनन् । एम्बुलेन्स लगायतका थुप्रै सामग्री खरिदमा राज्यबाट भन्सार छुट लिने तर विपद् पर्दा सहयोग नगर्ने अस्पतालहरुलाई कारवाहि गर्नुपथ्र्यो । अझै पनि समय छ, त्यस्ता अस्पतालहरुलाई छिटोभन्दा छिटो कारवाहि गरियोस् ।
प्रदेश सरकारले गरेका आशालाग्दा काम
यो समयमा प्रदेश सरकारले पनि केहि महत्वपूर्ण कार्यहरु गरेको छ । मजदुर तथा विपन्न वर्गका लागि कोष स्थापना गर्ने महत्वपूर्ण काम प्रदेश सरकारले गरेको छ । सबैजसो प्रदेशमा प्रदेश सरकारकै पहलमा कोरोना विशेष अस्पताल स्थापना भएका छन् । त्यस्तै आफ्नो प्रदेशभित्रका अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन पहल गरेका छन् । जुन सकारात्मक छ । प्रदेश सरकारको यो कार्यलाई अझै तिब्रता दिनुपर्ने देखिन्छ ।

प्रदेश सरकारले गर्न नसकेका काम
आम नागरिकहरुले प्रदेश सरकारको काम नबुझिरहेको यस अवस्थामा राम्रो समन्वयमार्फत आफ्नो अस्तित्व माथि उठाउने अवसरको रुपमा लिनुपथ्र्यो । तर त्यस्तो गरेको पाइएन् । सिमानाकामा अलपत्र नेपालीहरुको उद्धार गर्न संघिय सरकार नै कुर्नुपर्दैनथ्यो । अलि छिटो गर्नुपथ्यो । तर गरेन । समयमै पर्याप्त मात्रामा क्वारेन्टाइनको स्थापना गर्न तथा जिल्लास्तरमा रहेका प्रदेश मातहतका कार्यालयहरुलाई परिचालित गर्नमा पनि प्रदेश सरकारको निरिहतापन देखियो । भने आवश्यक स्वास्थ्य सामग्री ल्याउन प्रदेश सरकारले केन्द्र सरकारकै बाटो हेरेर बसे । जसले गर्दा कोरोना विशेष अस्पतालमा नै स्वास्थ्य सामग्रीको अभाव देखियो ।
स्थानीय तहले गरेका काम
जनताको नजिकको सरकारको रुपमा स्थानीय तह मानिन्छ । स्वभावैले प्रदेश र संघभन्दा स्थानीय तहको जिम्मेवारी बढी हुने गर्दछ । यो विपद्को समयमा स्थानीय तहले पनि आशालाग्दा काम गरेका छन् । स्थानीय तहले आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदाहुँदै पनि स्वास्थ्यकर्मीको परिचालन गरेका छन् । देशका विभिन्न शहर तथा देश बाहिरबाट आउनेहरुको तथ्याङ्क संकलन गरेका छन् । जसले गर्दा कोरोना नियन्त्रणमा केहि सहज हुनेछ । सबैजसो स्थानीय तहले हेल्थ डेक्सको स्थापना गरेका छन् । स्थानीय तह आफैले विपन्न नागरिकका लागि कोषको सुरुवात गरेका छन् । विपन्न तथा मजदुर परिवारको तथ्याङ्क संकलन गरेका छन् भने केहिले गर्दै छन् । त्यस्ता परिवारको लागि राहतस्वरुप खाद्यान्न सामग्री वितरणको सुरुवात गरेका छन् । जनतामा निराशा छाएको यो अवस्थामा राहत वितरण सकारात्मक कार्य छ । स्थानीय स्तरमा सचेतनामुलक कार्यक्रम संचालन भइरहेका छन् । संचार माध्यम, स्वयम्सेवक तथा स्वास्थ्यकर्मीको परिचालनमार्फत धेरै जनचेतनाका कार्यहरु गाउँ–गाउँसम्म पनि पुगेका छन् । संघिय सरकारले घोषणा गरेको लकडाउनको पूर्ण कार्यान्वयनमा स्थानीय तहले ठुलो भुमिका खेलेका छन् । अहिले सबैजसो स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेका छन् । पर्याप्त क्वारेन्टाइन नभएको समाचार आइरहदाँ स्थानीय तहको यो कार्य सहनिय छ । भने क्वारेन्टाइनमा बसेकाहरुको पनि राम्रो व्यवस्थापन भइरहेको छ । स्थानीय तहले जनतालाई सरकारको अनुभुति दिलाउने कार्यमा अग्रसरता देखाएका छन् ।
स्थानीय तहले गर्न नसकेका काम
जनताका धेरै काम स्थानीय तहबाट सम्पादन हुन्छन् । त्यसैले गर्दा पनि नागरिकले स्थानीय तहबाट धेरै आशा गर्नु स्वभाविकै हो । स्थानीय तहले धेरै राम्रा काम गर्दागर्दै पनि केहि गर्न सकिने काम पनि गर्न सकिरहेका छैनन् । सबैजसो स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएतापनि बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपथ्र्यो । राखेनन् । अब ढिलो भइसक्यो । बाहिरबाट आएकाहरुको तथ्याङ्क संकलनमा पनि ढिलाई भएको छ । स्थानीय तहहरुले एक–अर्काबीच समन्वय गर्न नसक्दा केहि समस्या उत्पन्न भएको छ । भने अहिले नागरिकहरुलाई खाद्य समग्री वितरणमा पनि ढिलाई भएको छ ।
निष्कर्ष
हामी सहजै के अनुमान गर्न सक्छौ भने, यदि कोरोना फैलिएको समयदेखि नै देश बाहिरबाट आउने मानिसहरुलाई आवश्यक समयसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारले मिलाउथ्यो भने अहिले यो परिस्थितिको सामना गर्नुपर्ने थिएन् । केहि कामहरुप्रति नेपाली नेतृत्वप्रति गर्व गर्ने ठाउँ छ भने कतिपय विषयहरुको निर्णय क्षमतामा नेपाली नेतृत्वलाई प्रश्न उठाउने ठाउँ छ । अहिले सिङ्गो देश लकडाउनमा छ । यो समयमा विगतका कुराहरुलाई सम्झेर मनोबल गिराउनुभन्दा आगामी कार्यदिशा तय गर्नु नै उत्तम हुन्छ । त्यसैले लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गरौं । कोरोनाबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ ।
पोखरेल विगत पाचँ बर्षदेखि गुल्मीमा पत्रकारितामा क्रियाशिल छन्।








